उखु खेतीले फर्कायो ललितपुर गाउँबासीको खुशी


Mohana

अविनाश चौधरी
धनगढी, चैत १६ गते । आठ वर्ष अगाडि आएको ठूलो बाढीले कैलालीको ललितपुर गाउँलाई तहसनहस पा¥यो । गाउँका स्थानीयहरु जेनतेन ज्यान जोगाए । तर सम्पत्ति, चौपाया सबै गुमाए । मिलेर बसेको गाउँलाई बाढीले उजाड बनाइदियो । गाउँबासी ८५ परिवार थातथलो छाडेर विस्थापित भए ।

‘बल्लतल्ल ज्यान जोगाएर सुरक्षित स्थान पुगेका थियौं’, २०६४ मा आएको बाढीलाई स्मरण गर्दै स्थानीय अटुवारी चौधरीले भन्नुभयो–‘तर, सम्पत्ति, पशु चौपाया सबै बाढीले लग्यो, केही बाँकी राखेन ।’ लगाएको कपडा र मान्छेमात्रै जोगिएको सुनाउँदै उहाँले त्यसपछि सबैले गाउँ छाड्न वाध्य भएको बताउनुभयो ।

त्यसबेला आएको बाढी एक डेढ हप्तापछि सामान्य भएपनि विस्थापित स्थानीयको जनजीवन सामान्य हुन सकेन । ‘बाढी त गयो तर, गाउँ, जग्गा जमिन रहेन ।’, चौधरीले अगाडि थप्नुभयो–‘२०४० सालदेखिको बस्ती र जग्गाजति बगर बनेपछि हामी तत्काल फर्कन सकेनौं ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित ललितपुर गाउँ छ वर्षसम्म सुनसान बन्यो । थातथलो छाडेर अन्यत्र विस्थापित स्थानीयहरु मोहना र घुरहा नदीका कारण छ वर्षसम्म पुरानो ठाउँमा बसोबास र खेतीपाती गर्न सकेनन् । उनीहरु विभिन्न ठाउँमा रहेका आ–आफ्ना आफन्तहरुको सहारामा जीविका चलाए । तर, केहि वर्ष अगाडि मोहना नदीमा जैविक तटबन्ध बनाइएपछि जग्गा कटानी रोकिएको छ । जग्गा कटानी रोकिएसंगै ३० परिवार २०७० मा पुनः थातथलो फर्के ।

Lalitpur........

पुरानै गाउँमा झुपडी बनाएर बसेका उनीहरुले बगर बनेको जग्गामा विगत दुई वर्षयता सामूहिक उखुखेती गर्दै आएका छन् । करिब ११ विघा जमिनमा गरिएको उखुखेतीले नदीमा बगेको स्थानीयको खुशीलाई फर्काएको छ । सामूहिक उखुखेतीले आम्दानी हुनुका साथै बलौटे जमिनलाई मलिलो बनाउने कामगरेको स्थानीयले सुनाए । यसवर्ष माटो मलिलो भएपछि गहुँ खेती समेत गरिएको छ ।

बाढीका कारण ठूलो दुःख पाएका बेला बलौटेजमिनमा गरिएको सामूहिक उखुखेतीले गाउँमा खुशी फर्काएको सो गाउँका अगुवा गयादिन चौधरीले बताउनुभयो । उहाँले फर्केका मध्ये २२ परिवारले सामूहिक उखुखेती गर्दा त्यसले ठूलो राहत भएको जानकारी दिनुभयो ।

बाढीका कारण ठूलो दुःख पाएका बेला बलौटेजमिनमा गरिएको सामूहिक उखुखेतीले गाउँमा खुशी फर्काएको सो गाउँका अगुवा गयादिन चौधरीले बताउनुभयो । उहाँले फर्केका मध्ये २२ परिवारले सामूहिक उखुखेती गर्दा त्यसले ठूलो राहत भएको जानकारी दिनुभयो ।

मर्सिकोरको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलालीले आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना लागू गरेर स्थानीयहरुलाई उखुखेतीमा अग्रसर गराएको हो । उक्त परियोजनाको सहयोगमा उखुखेती थालेका स्थानीयहरु अहिले खुशी छन् ।

‘यो खेतीले काम र दाम दुवै दिएको छ’, अटुवारी चौधरीले सुनाउनुभयो–‘गुजाराका लागि मजदुरीगर्दै आइएकोमा त्यो कामपनि अहिले गर्नुपरेको छैन ।’ उखु बेचेर उनीहरुले एउटा ट्रयाक्टर, ट्रली र पम्पसेट किनेका छन् । आम्दानीको रकम समूहको कोषमा राखिएको छ भने यसवर्ष केहि रकम समूहमा आवद्ध परिवारलाई बाँडिएको छ । कोषको रकम आपतविपद्मा सहयोग गर्ने गरेको जनाइएको छ ।

बगर बनेको खेतमा उखुखेती गरेपछि गाउँलाई दोहोरो फाइदा भएको स्थानीय राजकुमारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो–‘एकातिर हाम्रो बलौटेजग्गा अन्य बालीका लागि योग्य बनेको छ भने अर्कोतिर आम्दानीमा समेत वृद्धिभएको छ ।’ गहुँ, धान बालीभन्दा उखुखेतीले बढी फाइदा भएको सुनाउनुभयो ।

आफूहरु दुःखगरेर पुनः गाउँ फर्केपनि बाटो र विजुली नहुँदा भने ठूलो समस्या भएको स्थानीयको भनाइ छ । गाउँबाट हुलाकी सडकसम्म पुग्नकालागि बाटो नहुँदा ओहोर दोहोरमै समस्या भएको सोनिया चौधरीले दुखेसो गर्नुभयो । ललितपुर गाउँ उपमहानगरपालिकाभित्रै भए पनि आफूहरुको जीवन बत्तीमुनीको अँध्यारोजस्तै रहेको उहाँको भनाइ छ ।

ललितपुर गाउँ पुग्नुभएका जिल्ला विकास समिति कैलालीका विमल ओझाले बाटोका लागि आफ्नो कार्यालयमा कुराराख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरोकारवाला निकायलाई झक्झक्याई राख्न गाउँबासीलाई आग्रह गर्नुभएको छ ।

ललितपुर गाउँ पुग्नुभएका जिल्ला विकास समिति कैलालीका विमल ओझाले बाटोका लागि आफ्नो कार्यालयमा कुराराख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरोकारवाला निकायलाई झक्झक्याई राख्न गाउँबासीलाई आग्रह गर्नुभएको छ ।

‘प्रक्रिया अनुरुप तपाईहरु योजना माग्नुस’, उहाँले भन्नुभयो–‘लक्षितवर्गका लागि आउने कार्यक्रम पनि तपाईहरुको गाउँलाई पर्न सक्छ ।’ ललितपुरबासीहरुको प्रयासको प्रशंसा गर्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डेयले बगरखेतीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्थानीयहरु इच्छाएमा तरकारीखेतीमा सहयोग गर्न कृषि विकास कार्यालय तत्पर रहेको बताउनुभयो ।

‘तपाईहरु गर्छौं भन्नुस, हामी सहयोग गर्न तयार छौं’, पाण्डेयले भन्नुभयो–‘तर, व्यावसायिकरुपमा अगाडि बढ्नेगरी प्याकेज बनाएर आउनुस ।’ उहाँले तरकारी खेतीको कार्यक्रमबाट पनि आयआर्जन हुने उल्लेख गर्नुभयो ।

छ वर्षसम्म सुनसान बनेको ललितपुर गाउँमा पुनः खुशी छाउन थालेको छ । कृषिमा आधारित कामले जिविकोपार्जनमा सहज भएपछि गाउँमा केहि हद्सम्म चहलपहल बढेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया