थारु पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवस मनाइँदै

पत्रकार लक्की चौधरीको हँसौनीको विमोचन हुने


cover

काठमाडौं, चैत १७ गते । थारु पत्रकार संघ, नेपालको पाँचौ स्थापना दिवसको अवसर पारेर चैत २० गते शनिबार स्थापना दिवस मनाउने तयारी गरिएको छ । सो कार्यक्रममा पत्रकार लक्की चौधरीद्वारा लिखित नयाँ कृति हँसौनी (चुटकिला) को विमोचन गर्ने कार्यक्रम छ ।

नयाँ कृति हँसौनीको विमोचन पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले गर्ने कार्यक्रम तय भएको आयोजकले बताएको छ । २०६७ चैत १६ गते काठमाडौंमा विधिवत दर्ता भएर स्थापना भएको संघको स्थापना दिवस १६ गते मनाउनु पर्ने भएपनि शनिबार पारेर २० गते दिवस मनाउने तयारी गरिएको संघका उपाध्यक्ष प्रदीप लेखीले बताउनुभयो ।

२०६७ चैत १६ गते काठमाडौंमा विधिवत दर्ता भएर स्थापना भएको संघको स्थापना दिवस १६ गते मनाउनु पर्ने भएपनि शनिबार पारेर २० गते दिवस मनाउने तयारी गरिएको संघका उपाध्यक्ष प्रदीप लेखीले बताउनुभयो ।

संघको हाल विभिन्न जिल्लामा गरी ११ वटा जिल्ला शाखा कमिटी गठन गरिएका छन् । संघमा करिब डेढसय थारु पत्रकारहरुको आवद्धता रहेको संघले बताउँदैआएको छ । यसअघि जयप्रकाश थारु, विनिता चौधरी, लक्की चौधरी अध्यक्ष रहिसकेको संघको अहिलेको अध्यक्ष कृष्णराज सर्वहारी रहनुभएको छ ।

स्थापना दिवसकै अवसरमा नयाँ संविधानको कार्यान्वयन र थारु मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमसमेत हुने आयोजकले बताएको छ । संघ र हमार पहुरा डट कमको संयुक्त आयोजनामा हुन गइरहेको कार्यक्रममा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुहुने थारु सांसद, थारु अगुवा, विद्यार्थी तथा संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहने बताइएको छ ।

लेखक तथा पत्रकार चौधरीद्वारा लिखित हँसौनी कृतिमा विभिन्न ११४ वटा थारु चुटकिलाहरु समेटिएका छन् । लेखक चौधरीको यो छैठौं कृति हो । भाषा, साहित्य र पत्रकारितामा योगदान पु¥याएकोमा चौधरी दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसक्नुुभएको छ । यसअघिसम्म थारु भाषामा चुटकिला संग्रह प्रकाशन नभएकाले हँसौनीलाई पहिलो कृति दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया