मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीलाई पत्रकारको तीन गोल


SAM_3552

काठमाडौं, चैत १७ गते । पत्रकारको टिमले राजनीतिकर्मी टिमलाई ३–२ ले हराएको छ । नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित मैत्रीपूर्ण फुटबल खेलमा महासंघको टिमले जित हासिल गरेको हो ।

सुन्दर खनालको ह्याट्रिकको सहयोगमा पत्रकार टिमले राजनीतिकर्मी टिमलाई ३–२ ले हराउन सफल भएको हो । दशरथ रंगशालामा मैत्री खेलको आयोजना गरिएको थियो । राजनीतिकर्मी टिमको नेतृत्व सुचना तथा सञ्चारमन्त्री शेरधन राई तथा पत्रकारको कप्तानी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले गर्नुभएको थियो ।

SAM_3591

शक्तिबहादुर बस्नेत, गगन थापा, रामकुमारी झाँक्री, रामहरि खतिवडा, नवीना लामा, गंगा श्रेष्ठ, लक्ष्मी खतिवडा, राजीवविक्रम शाह, प्रदीप पौडेल, विकास लम्साल, लक्की शेर्पाजस्ता राजनीतिक हस्ती मैदानमा उत्रिनुभएको थियो । कप्तान सञ्चारमन्त्री राई र सांसद गगन थापाले निर्धारीत ६० मिनेट पुरै खेल्नुभएको थियो ।

राजनीतिकर्मीले दुई पटक पछाडि परेर पनि खेल बराबर गरेको हो । उसका लागि जीवन केसीले दुवै गोल गर्नुृभयो । यद्यपि निर्धारीत समयको खेल सकिन दुई मिनेट बाँकी छँदा सुृन्दरले ह्याट्रिक गोल गरेपछि पत्रकार टिमले अग्रता लिएको थियो । गत वर्ष भएको मैत्री खेलमा पत्रकारको टिमले राजनीतिकर्मी टिमलाई ६–० ले हराएको थियो ।

SAM_3550

महासंघको टिमबाट उजीर मगर, संगीता लामा, प्रभात चलाउने, सूर्यमणि गौतम, रामहरि सिलवाल, सुन्दर खनाल, राजु लामा, माधव नेपाल, सरु ढकाल लगायतले खेल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया