थारु विद्यार्थी समाजको राष्ट्रिय प्रशिक्षण कार्यक्रम चैत २५ गते


TBS

काठमाडौं, चैत १८ गते । थारु विद्यार्थी समाज केन्द्रीय समितिले चैत २५ गते एक दिवसीय राष्ट्रिय प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ । प्रशिक्षण कार्यक्रममा तीनजना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको आयोजकले बताएको छ ।

प्रशिक्षण कार्यक्रममा नयां संविधान कार्यान्वयन र थारु आदिबासी जनजातिको सवाल, शिक्षा नीति, थरुहट आन्दोलन र त्यसको उपलब्धी र भावी योजनाबारे प्रशिक्षण तथा छलफल हुने प्रशिक्षक मिनराज चौधरीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा नयां संविधान कार्यान्वयन र थारु आदिबासी जनजातिको सवाल, शिक्षा नीति, थरुहट आन्दोलन र त्यसको उपलब्धी र भावी योजनाबारे प्रशिक्षण तथा छलफल हुने प्रशिक्षक मिनराज चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षाविद डा. विद्यानाथ कोइराला, लाहुर्निपका कोषाध्यक्ष तथा अधिकारकर्मी भीम राई र थरुहट अभियन्ता मिनराज थारुले प्रशिक्षण दिने कार्यक्रम रहेको विद्यार्थी समाजले जानकारी गराएको छ । कार्यक्रम तिनकुनेस्थित भि.एस. विद्या निकेतनको सभाहलमा हुने थारु विद्यार्थी समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

कार्यक्रममा शिक्षाविद डा. विद्यानाथ कोइराला, लाहुर्निपका कोषाध्यक्ष तथा अधिकारकर्मी भीम राई र थरुहट अभियन्ता मिनराज थारुले प्रशिक्षण दिने कार्यक्रम रहेको विद्यार्थी समाजले जानकारी गराएको छ ।

कार्यक्रममा थारु सांसद, अगुवा कार्यकर्ता, थारु विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहने आयोजकले बताएको छ । थारु विद्यार्थी समाजले अधिवेशनको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरेको छ । चैत २७ गते उपत्यका समितिको अधिवेशन तयारी गरेको समाजले आगामी जेठ पहिलो सातासम्म केन्द्रीय महाधिवेशन गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया