शान्ति चौधरीको मेरी कवितामे मोदी कृति लोकार्पित


DSC05019

काठमाण्डौं, चैत १८ गते । लेखिका तथा कवियत्री शान्ति चौधरीको हिन्दीभाषाको नयाँ कवितासंग्रह ‘मेरी कवितामे मोदी’ को पुस्तक लाकार्पण भएको छ । सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भयो ।

पुस्तकको विमोचन गर्दै देउवाले समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृतिलेख्ने कवियत्री शान्तिबाट अन्य दिदी बैनीहरुले पनि प्रेरणा लिन सक्नुपर्छ भन्नुभयो । सो अवसरमा ग्वालदह दक्षिणकाली क्षेत्रका श्रीमति विष्णु तिमिल्सिना लगायत चारजना महिलालाई भूकम्पपीडितलाई सहयोग पु¥याएकोमा सम्मान गरिएको थियो ।

पुस्तकको विमोचन गर्दै देउवाले समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृतिलेख्ने कवियत्री शान्तिबाट अन्य दिदी बैनीहरुले पनि प्रेरणा लिन सक्नुपर्छ भन्नुभयो ।

पुस्तकको पहिलो भागमा भारतीय प्रमं मोदीबारे तथा दोश्रो भागमा भूकम्पसंग सम्बन्धित कविता कृतिमा समेटिएको छ । थारु पत्रकार संघका अध्यक्ष तथा साहित्यकार कृष्णराज सर्वहारीले विमोचित पुस्तकबारे प्रकाश पार्नुभएको थियो ।

५७ बर्षको उमेरमा पनि कवियत्री शान्ति चौधरी पद्मकन्या विद्याश्रम उच्च माविमा प्लस टु अध्ययनरत हुनुहुन्छ । पद्मकन्या विद्याश्रम उच्च माविकी प्राचार्य रीता तिवारीले लेखिका चौधरीको पीएचडी पूरागरी छाड्ने अठोटले प्लस टु पढ्न आएको सुनेर आफू छक्क परेको बताउनु भयो ।

उहाँबाट आफ्नो स्कूलका किशोर किशोरीहरु अघि बढ्न हौसला पाएको बताइन् । कार्यक्रममा सांसदद्वय कमला पन्त तथा राजन केसीले आफैमा पाठशाला रहेकी शान्ति चौधरीबाट धेरैले सिक्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रम सिर्जना विकास केन्द्रका कार्यबाहक अध्यक्ष जनक तामाङको अध्यक्षतमा प्रज्ञा प्रतिष्ठानमा भएको थियो ।

तपाईको प्रतिक्रिया