तराई–मधेसको समस्याबारे अमेरिकी अधिकारीको चासो


usaa

काठमाडौं, चैत १९ गते । अमेरिकी सरकारका दुईजना वरिष्ठ अधिकारीहरुले तराई मधेश आन्दोलनमा भएको सरकारी दमन र मानवअधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकबाट हेरिरहेको बताएका छन् ।

दक्षिण तथा मध्य एशिया मामिला प्रमुख क्लीन्टन एस ब्राउन र नेपाल मामिला प्रमुख डेबिड ड्रेलिङगरले नेपालमा सरकारले तराई मधेसका नागरिक तथा जनजाति आन्दोलन विरुद्ध सरकारीपक्षबाट भइरहेको दमन र अधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले सुक्ष्मढंगले निगरानीमा राखेको बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग बिहिबार वासिङटनडिसीमा भएको भेटमा ती अधिकारीहरुले मधेश आन्दोलनका दौरान सरकारीपक्षबाट भएको दमन र मानवअधिकार उल्लंघनका हरेक घटनाबारे आफूहरु जानकार रहेको बताएका थिए ।

नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका ती अधिकारीहरुले नेपालको दीर्घकालीन समाधानका लागि असन्तुष्ट पक्षलाई पनि वार्ता र सहमतिको माध्यमले समेटेर लैजान नेपाल सरकारलाई सुझाव दिएको फोरम नेपालका नेता श्रेष्ठले जानकारी दिनुभयो ।

संविधानका अन्तरवस्तु, आन्दोलनकारीको माग र आन्दोलनबारे उनीहरुले विशेष चासो दिएको भेटवार्तापछि श्रेष्ठले बताउनुभयो । नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका ती अधिकारीहरुले नेपालको दीर्घकालीन समाधानका लागि असन्तुष्ट पक्षलाई पनि वार्ता र सहमतिको माध्यमले समेटेर लैजान नेपाल सरकारलाई सुझाव दिएको फोरम नेपालका नेता श्रेष्ठले जानकारी दिनुभयो ।

‘मधेशी, आदिवासी जनजाति, दलित लगायतसँग विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनुपर्छ’– उनीहरुको भनाईलाई उद्धृत गर्दै भेटमा सहभागी श्रेष्ठले भन्नुभयो, ‘इमान्दारीपूर्वक सहमतिको कार्यान्वयन र सबैलाई मिलाएर लैजानुको विकल्प छैन ।’

फोरम नेपालका नेता श्रेष्ठले नेपालको नयाँ संविधानका त्रुटिपूर्ण प्रावधान, सरकारको दमनकारी उपेक्षित रवैया, आन्दोलन गर्नुपर्ने कारण र औचित्यबारे अमेरिकी अधिकारीहरु लाई अवगत गराएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया