रानाथारु बाबुछोरी सँगसँगै प्रवेशीका परीक्षामा सहभागी


SLC

कञ्चनपुर, चैत १९ गते । कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् । दुवैजना ले परीक्षा उत्तीर्ण गर्ने तयारी गरेको बताएका छन् ।

शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम रानाथारु र उहाँकी १७ वर्षीया छोरी उर्मिला रानाथारुले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

बुबाछोरी दुवैजना परीक्षामा सहभागी भएको केन्द्रका केन्द्राध्यक्ष मोहनचन्द्र जोशीले बताउनुभयो । गङ्गारामको उमेर बढी भएपनि उच्च शिक्षा आर्जन गर्न चाहेकाले प्रवेशिका परीक्षामा सहभागी भएको बताउनुभयो ।

“पढ्नका लागि उमेरले छेक्दैन,” उहाँले भन्नुभयो, “शिक्षित भएर समाजका लागि उदाहरणीय बन्न चाहेको छु ।” छोरीबुबा दुवैजनाले संयुक्तरुपमा विद्यालय र घरमा प्रवेशिकाको तयारी गरेकाले परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न सहज भएको छ उहाँले बताउनुभयो ।

“पढ्नका लागि उमेरले छेक्दैन,” उहाँले भन्नुभयो, “शिक्षित भएर समाजका लागि उदाहरणीय बन्न चाहेको छु ।” छोरीबुबा दुवैजनाले संयुक्तरुपमा विद्यालय र घरमा प्रवेशिकाको तयारी गरेकाले परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न सहज भएको छ उहाँले बताउनुभयो ।

शिवशक्ति माविका प्रधानाध्यापक लोकराज जोशीले गङ्गाराम बढी उमेरका भएपनि अन्य छात्रछात्राको तुलनामा अब्बल रहेको बताउनु   भयो ।

“कक्षा ८ मा विद्यालयमा भर्ना भएर पढ्दै आएका उनी सधैँ कक्षामा प्रथम श्रेणीमै उत्तीर्ण हँुदै आएकाले प्रवेशिकाको नतिजा पनि उच्च नै रहने आशा गरेका छौँ” – प्रधानाध्यापक पन्तले भन्नुभयो ।

उर्मिला कक्षामा प्रथम श्रेणीमा उत्तीर्ण नहुने भएपनि अनुशासित र मेहनती विद्यार्थी रहेको विद्यालयको शिक्षक भरतराज भट्टको भनाइ छ । तर बाबु गंगा र छोरी उर्मिला रानाथारु दुवैले एसएलसी उत्तीर्ण गर्ने दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया