थारु लोकभाषा साहित्यमा ‘हँसौनी’ ले योगदान गर्छ


2

काठमाडौं, चैत २१ गते । पत्रकार, लेखक तथा साहित्यकार लक्की चौधरीको नयाँ कृति हँसौनी (थारु चुटकिला) को एक कार्यक्रमबीच लोकर्पण गरिएको छ । थारु लोककथामा आधारित कृतिमा एकसय १४ वटा चुटकिला संग्रहित छन् ।

कृतिको पूर्व सभामुख एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले सार्वजनिक गर्नुभयो । कृतिमा २०६० सालदेखि ०७२ सालसम्मको सृजनाहरु संग्रहित गरिएको लेखक चौधरीले बताउनुभयो । थारुभाषामा सृजना गरिएका हँसौनीले थारुभाषा, साहित्य र संस्कृतिको संरक्षण र साहित्यिक बाङ्मय क्षेत्रको श्रीबृद्धिमा एक ईटा थप्ने विश्वास लेखकले गर्नुभएको छ ।

कृतिको लोकार्पण गर्दै पूर्व सभामुख नेम्वाङ्ले भाषाको संरक्षण र थारु लोकभाकालाई उजागर गर्नमा कृतिले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । “सबै पाठकको जानकारीका लागि थारु भाषाका हँसौनीलाई नेपाली भाषामा समेत उल्था गरेको भए सबै पाठकका लागि राम्रो खुराक बन्थ्यो”, नेम्वाङ्ले कृतिकारलाई सुझाव दिनुभयो ।

“सबै पाठकको जानकारीका लागि थारु भाषाका हँसौनीलाई नेपाली भाषामा समेत उल्था गरेको भए सबै पाठकका लागि राम्रो खुराक बन्थ्यो”, नेम्वाङ्ले कृतिकारलाई सुझाव दिनुभयो ।

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार सुशील चौधरीले प्रकाशित हँसौनी नै थारुभाषाको पहिलो चुटकिला–संग्रह भएकाले पुस्तक संग्रहणीय रहेको बताउनुभयो । कृतिकारले नेपाली भाषामा थारु जनजीवनका ठेट चुटकिलाहरु सृजना गर्नुभएकाले थारुभाषा साहित्यको श्रीबृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लेखक चौधरीको हँसौनी छैठौं कृति हो । यसअघि उहाँको सहिदान (थारु गजल संग्रह २०६१), तिहुवार (थारु संस्कृति परिचय २०६२), अन्तर्भाव (थारु–नेपाली गजलसंग्रह २०६३), मोर पहुरा (थारु लेख संग्रह २०७०), नेन्धर (थारु कविता संग्रह २०७१) प्रकाशित भएका छन् । पत्रकार चौधरीले २०५९ साल चैतदेखि कैलालीबाट थारुभाषाकै साप्ताहिक पत्रिका प्रकाशन शुरु गर्नुभएको थियो ।

यसअघि जन्मथलो कैलालीको धनगढीबाट पत्रकारिता गर्दैआउनुभएका चौधरी २०६६ सालदेखि गोरखापत्र दैनिक काठमाडौंमा कार्यरत हुनुहुन्छ । लेखक चौधरी गोरखापत्रमा प्रकाशन हुने ३० वटा भाषाको संयोजकको जिम्मेवारी समेत निर्वाह गर्दैआउनुभएको छ । लेखकका विभिन्न राष्ट्रिय, क्षेत्रीय पत्रपत्रिका तथा मुखपत्रहरुमा लेख रचनाहरु प्रकाशन हुँदैआएका छन् ।

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार सुशील चौधरीले प्रकाशित हँसौनी नै थारुभाषाको पहिलो चुटकिला–संग्रह भएकाले पुस्तक संग्रहणीय रहेको बताउनुभयो ।

थारुभाषाको प्रथम अर्धसाप्ताहिक हमार पहुरा, प्रथम दैनिक पत्रिका हमार पहुरा कैलालीको धनगढीबाट प्रकाशन गर्नुभएका पत्रकार चौधरीले थारुभाषाको उत्थान र साहित्यिक श्रीबृद्धिका लागि निरन्तर कलम चलाउँदै आउनुभएको छ । थारुभाषा साहित्यमा योगदान पु¥याएबापत लेखक चौधरी आधा दर्जनजति राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।

थारु र नेपालीभाषाको पहिलो न्यूज अनलाइन हमार पहुरा डटकम प्रकाशन रहेको हँसौनीमा कभरसहित १२० पृष्ठ रहेको छ । १५० रुपियाँ मूल्य कायम गरिएको कृति तालिम सामग्रीकोरुपमा उपयोगी सावित हुने देखिन्छ । कृतिको आवरण डिजाइन वरिष्ठ कार्टुनिष्ठ केशव खनालले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया