जनावर मार्न आफैले थापेको पासोमा परी रानाको मृत्यु


Trap

कञ्चनपुर, चैत २१ गते । जङ्गली जनावर मार्न पासो थापेका वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आफैले थापेको पासोमा परी आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी रानाको मृत्यु भएको हो । स्थानीयवासीले ५० वर्षीया रानाको मृत्यु भएको जानकारी दिएपछि प्रहरीले छाविन गरिरहेको छ ।

बिजुलीको करेन्टसहितको पासोमा परी रानाको मृत्यु भएको हो । स्थानीयवासीले ५० वर्षीया रानाको मृत्यु भएको जानकारी दिएपछि प्रहरीले छाविन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार राना आफैँले थापेको पासोमा परी घटनास्थलमा नै मृत्यु भएको थियो ।
“यसअघि पनि वन्यजन्तु चोरी सिकारीमा रानाको मुद्दासमेत परेको थियो”, प्रवक्ता खनालले भन्नुभयो–“जनावर मार्नकै लागि पासो थापेका राना आफँै पासोमा परे ।” रानाको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया