दशवटा अस्पतालमा सिकलसेलका विरामीको उपचार गरिने

विरामीलाई एकलाख रुपियाँको निःशुल्क उपचार प्रदान हुने


Cicklecell

काठमाडौँ, चैत २२ गते । पश्चिम तराईका थारुजातीमा देखिदै आएको सिक्कलसेल एनिमिया रोगको उपचार गर्नेगरी १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख रुपियाँ बराबरको उपचार निशुल्क प्राप्त गर्नेछन् ।

सरकारले विपन्न नागरिक औषधि उपचारकोष मार्फत सिक्कलसेल ऐनिमिया रोगको उपचारका लागि एक लाख रुपैयाँ सहुलियत दिने निर्णय गरेको हो ।

सूचीकृत अस्पतालहरुमा निजामति कर्मचारी अस्पताल, (सिभिल) काठमाडौं, राप्ती उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल नेपालगञ्ज, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, लुम्बिनी अञ्चल अस्पताल बुटवल, जिल्ला अस्पताल कपिलबस्तु, जिल्ला अस्पताल नवलपरासी, जिल्ला अस्पताल वर्दिया र युनिभर्सल मेडिकल कलेज भैरवा रहेका छन् ।

सूचीकृत अस्पतालहरुमा निजामति कर्मचारी अस्पताल, (सिभिल) काठमाडौं, राप्ती उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल नेपालगञ्ज, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, लुम्बिनी अञ्चल अस्पताल बुटवल, जिल्ला अस्पताल कपिलबस्तु, जिल्ला अस्पताल नवलपरासी, जिल्ला अस्पताल वर्दिया र युनिभर्सल मेडिकल कलेज भैरवा रहेका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष सचिवालयका अधिकृत दयाराम न्यौपानेकाअनुसार काठमाडौँको निजामति कर्मचारी अस्पताललाई रिफरल अस्पताल मानेर पश्चिमका १० वटा अस्पतालमा सिक्कलसेलको उपचार गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवाको नविकरण हुन बाँकी रहेपनि अरु सबै अस्पतालबाट निशुल्क रुपमा विपन्नको उपचार हुने बताउनुभयो ।

पश्चिम नेपालका बाँके बर्दिया कैलाली, दाङ, कन्चनपुर र नवलपरासी लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायमा यो रोग देखा परेको छ । सन १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा सिक्कलसेलको संक्रमण भएको अनुमान गरिएको थियो । तर पछिल्लो समयमा यो रोगको प्रकोप बढेको छ ।

के हो सिकलसेल?
नेपालमा औलो रोगको महामारी हुँदा तराईमा बसोवास गरेका थारु समुदायको शरीरमा औलोरोग खेप्नसक्ने क्षमता विकास हुनेक्रममा रक्त कोषिकाहरु सिक्कल वा हसिँया आकारमा विकास हुँदै गए । अहिले त्यो अवस्था रोगकोरुपमा सिर्जना भएको चिकित्सकहरु बताउँछन् । मानव शरीरमा पाईने रातो रक्तकोषिका आरवीसी प्राकृतिकरुपमा गोलाकार हुन्छन् तर सिक्कलसेल एनिमिया संक्रमण भएका व्यक्तिमा भने यी कोष अर्धगोलाकार वा हसिँया आकारका हुन्छन् ।

Sickle

विशेष गरी सिक्कलसेल एनिमियाका विरामीमा जण्डिस, वाथ, शरीर दुख्नेलगायतका लक्षण देखिने र अन्त्यमा रगत उत्पादन प्रक्रियामा नोक्सानी पुग्ने भएकाले शरीरमा रगतको कमी भै रक्तअल्पता हुने गरेको पाइन्छ ।

२ देखि ६० वर्ष सम्मका व्यक्तिमा यो रोग देखिएका छ । तर ११ देखि ३० बर्ष उमेर समुहका व्यक्तिमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । सिक्कलसेल वंशानुगत भएकाले अन्य माध्यमबाट नसर्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया