एसएलसी दिने विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटनामा

घाइते विद्यार्थीलाई आधाघण्टा अतिरिक्त समय प्रदान

School Bus

तुलसीपुर, चैत २३ गते । एसएलसी परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको स्कुल बस मंगलबार विहान दुर्घटनामा परेको छ। दुर्घटनामा सामान्य घाइते भएका पाँचजना विद्यार्थी प्राथमिक उपचारपछि परीक्षामा सामेल भएका छन् ।

विद्यार्थी चढेको बा २ ख ९४१४ नम्बरको बस तुलसीपुर–१५ पर्सेनीमा रोकिराखेको लु १ त ७९९३ नम्बरको ट्याक्टरमा विहान ठोकिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

विहान ८ बजेतिर बिजौरीबाट कालोखोला परीक्षा केन्द्र जाँदैगर्दा बस दुर्घटनामा परेको हो थियो । बसमा सवार विद्यार्थी मध्ये केही घाइते भएका थिए ।

दुर्घटनामा परेका विद्यार्थी प्राथमिकक उपचारपछि साढे ८ बजेपछि परीक्षा केन्द्र पुगेका थिए। आधाघन्टा ढिला पुगेका ती परीक्षार्थीलाई आधाघन्टा अतिरिक्त समय प्रदान गरिएको कालोखोलो परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजीव ओझाले बताउनुभयो ।

केन्द्राध्यक्ष ओझाकाअनुसार घाइते विद्यार्थीमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ। घाइते सबै न्यू स्टार बोर्डिङ स्कुल बिजौरीका विद्यार्थी हुन्। घाइते अवस्थामै परीक्षा दिनुपरेकाले विद्यार्थीको परीक्षा प्रभावित हुनसक्ने खतरा भएपनि घाइते सबै विद्यार्थीले पूरै समय परीक्षा दिएको ओझाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया