कांंग्रेसको संसदीय दलको विधान बन्यो समावेशी चरित्रको

थारु र मुस्लिमले पनि कोटामा उम्मेदवारी दिन पाउने


Kangresh

काठमाडौं, चैत, २३ गते । नेपाली कांग्रेसको सोमबार पारित संसदीय दलको विधान समावेशी चरित्रको बनाएको छ । कुल ३७ सदस्यीय कार्य समितिमा १५ जना समावेशी सदस्यहरुको प्रतिनिधित्व हुने सुनिश्चित् भएको छ ।

त्यसमध्ये थारु, मुस्लिम, महिला, दलित, जनजाति, खस आर्य, मधेसी, पिछडिएको क्षेत्रका लागि पनि कोटा छुट्याइएको सांसद तेजुलाल चौधरीले बताउनुभयो । केन्द्रीय कमिटीको बैठकबाट अनुमोदित विधानअनुसार २४ गते संसदीयदलको नेताको र २६ गते कार्य समितिको निर्वाचन गर्ने तयारी कांग्रेसले गरेको छ ।

नयाँ संविधानले समावेशी चरित्रलाई अंगालेका दलको संसदीयदलको विधानलाई पनि समावेशी चरित्रको बनाइएको चौधरीले बताउनुभयो । यसअघि भएको पार्टीको महाधिवेशनमा थारु कोटा छुट्याइएको थिएन । पुरानै विधानअनुसार निर्वाचन गराइएकाले समावेशी चरित्रको कार्यसमिति केन्द्रमा नबनेको बुझाई थारु नेताहरुको थियो ।

थारु कोटाका लागि कुनै एकजना थारु सांसदलाई सर्वसम्मत उम्मेदवार बनाउने तयारी भइरहेको सांसद चौधरीले बताउनुभयो । तर संसदीयदलको नेताका लागि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलगरी उम्मेदवारी दिने तयारी भएकाले थारु सांसद पनि बाँडिने हुन् कि भन्ने आशंका कायमै छ ।

थारु कोटाका लागि कुनै एकजना थारु सांसदलाई सर्वसम्मत उम्मेदवार बनाउने तयारी भइरहेको सांसद चौधरीले बताउनुभयो । तर संसदीयदलको नेताका लागि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलगरी उम्मेदवारी दिने तयारी भएकाले थारु सांसद पनि बाँडिने हुन् कि भन्ने आशंका कायमै छ । तर सांसद चौधरीले थारु सांसदहरु नबाँडिने दावी गर्नुभयो ।

संसदीयदलको नेताका लागि बुधबार विहान ११ देखि २ बजेसम्म मतदानको समय निर्धारण कांग्रेसले गरेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन हुने सो दलले जानकारी दिएको छ । कांग्रेसमा २०७ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया