पार्टी त्यागेका सुरेन्द्र चौधरीले दलको निर्वाचनमा गरे मतदान


Surendra1

काठमाडौं, चैत २४ गते । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अगाडि पार्टी परित्याग गर्नुभएका सांसद सुरेन्द्र चौधरीले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको चुनावमा बुधबार मतदान गर्नुभएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको नेताका लागि भएको मतदानमा चौधरीले मतदान गर्नुभयो । यसअघि कांग्रेसमा अलोकतान्त्रिक प्रवृति हावी भएको भन्दै चौधरीले फागुन १४ गते पार्टी र सांसद पद दुबै त्यागेको घोषणा गर्नुभएको   थियो । चौधरी पर्सा–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको नेताका लागि भएको मतदानमा चौधरीले मतदान गर्नुभयो । यसअघि कांग्रेसमा अलोकतान्त्रिक प्रवृति हावी भएको भन्दै चौधरीले फागुन १४ गते पार्टी र सांसद पद दुबै त्यागेको घोषणा गर्नुभएको   थियो ।

पार्टी परित्यागका बेलामा उहाँले अर्को पार्टी आफ्नै संयोजकत्वमा गठन गर्ने बताउनुभएको थियो । त्यसकालागि अभियान पनि शुरु गरिसकेको बताउनुभएको थियो । तर महिना दिन वित्दासमेत उहाँले पार्टी गठनको कुनै अभियानमा सहभागी हुनुभएन ।

कांग्रेसका नेताहरुले आफूलाई अनेक पद दिने लोभ देखाएर पार्टीमा फर्काउने कसरत गरिरहेको भए पनि आफू त्यस प्रलोभनमा नलागेको भनाई चौधरीले सार्वजनिक गर्दैआएका थिए ।

तपाईको प्रतिक्रिया