टीकापुर घटनामा संलग्न भएको आशंकामा विश्राम चौधरी पक्राउ


कैलाली, चैत २४ गते । गत भदौ ७ गतेको टीकापुर घटनामा संलग्न आरोपमा नारायणपुर गाविसको बेलुवा गाउँका विश्राम चौधरी पक्राउ परेका छन् । चौधरीलाई स्थानीय प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

सादा पोशाकमा गएका प्रहरीले टीकापुर उद्योग वाणिज्य संघ कार्यालय नजिकै रहेको चौधरीको पसलबाट पक्राउ गरेको बताइएको छ । चौधरीलाई टीकापुर घटनामा कर्तव्य ज्यान, डाँकाचोरी लगायतका प्रहरीले मुद्दा लगाएको बताएको छ ।

पक्राउ परेका चौधरीलाई धनगढी पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताउनुभयो । यसअघि टीकापुर घटनामा संलग्न भएको भन्दै बीस बढीलाई पक्राउ गरी काराबासमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया