मधेसी रिलिफ फण्डको सहयोगमा कैदीलाई झुल वितरण


Jhul

धनगढी, चैत २५ गते । टीकापुर घटना घटाएको अभियोगमा जेल सजाय भोगिरहेकाहरुलाई झुल वितरण गरिएको छ । गर्मीयाम शुरुभएसँगै कारागारभित्र मच्छर बढ्न थालेपछि झुल वितरण गरिएको हो ।

मधेसी रिलिफ फण्ड (एमआरएफ) ले थारू नागरिक समाज कैलालीमार्फत थारु कैदीहरुलाई विहिबार झुल वितरण गरेको छ । गत भाद्र ७ गते टीकापुरमा भएको थरुहट र प्रहरीको भिडन्तमा एक एसएसपीसहित ८ जना प्रहरी र एक नाबालकको मृत्युभएको थियो ।

नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले एमआरएफको सहयोगमा खरिद गरिएको २३ थान झुल जिल्ला कारागार कैलालीका प्रमुख पुष्कर खड्कालाई हस्तान्तरण गर्नुभयो ।

नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले एमआरएफको सहयोगमा खरिद गरिएको २३ थान झुल जिल्ला कारागार कैलालीका प्रमुख पुष्कर खड्कालाई हस्तान्तरण गर्नुभयो ।

थारू बाहुल्य भूगोलको एक प्रदेश हुनु पर्ने मागराखी आन्दोलनरत थरुहट, थारुवान संयुक्त संघर्ष समितिले टीकापुर नगरपालिका क्षेत्रस्थित सरकारी कार्यालयमा भित्तेलेखन कार्यक्रम गर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएर प्रहरीको ज्यान गएको थियो ।

राजनीतिक मुद्दा भएकोभन्दै कैदीहरुलाई प्रक्रिया मिलाएर रिहाई गरिने भनेको भएपनि अहिलेसम्म सो प्रक्रिया पूरा भएको छैन । लक्ष्मण थारु, रामप्रसाद चौधरीसहित २२ जना थारुलाई पक्राउ गरी काराबास सजाय दिइएको छ । केही समयपछि लक्ष्मलाई केन्द्रीय कारागारमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया