वैशाख ६ गते धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुने

Vajahar

धनगढी, चैत २५ गते । कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने थारु महिलाले चिरै भजहर पर्व वैशाख ६ गते मनाउने भएका छन् ।
सखी सञ्जाल कैलालीको आयोजनामा वैशाख ६ गते धनगढीमा सो पर्व मनाउने तयारी भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
जिल्लाभरी चैत २९ गते भजहर पर्व मनाउने निर्णय भएपनि विविध कारणले धनगढीमा भने वैशाख ६ गते पर्व मनाउन लागिएको सञ्जालकी अध्यक्ष इन्दू चौधरीले बताउनुभयो ।

चिरै भजहर पर्व विशेष गरेर अविवाहित युवतीहरुले मनाउने चलन छ । यो पर्वलाई थारु युवतीहरुले स्वतन्त्रता पर्वकारुपमा लिने चलनरहेको बताइन्छ। चिरै भजहरमा युवतीहरुले घरको कामकाज नगरी दिनभरी पर्वमा रमाउने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

यो पर्वमा थारु जातिको पौराणिक खेलहरु जस्तैः छुर, कबड्डी, कुईलीदिदी जस्ता खेल खेल्ने, नाचगान गरी रमाउने गर्दछन् ।
पर्वमा युवतीहरुले सामूहिक रुपमा बाटो छेकेर बटुवाहरुबाट स्वेच्छिक चन्दा सहयोग लिने चलन पनि रहेको छ। चिरै भजहरमा मीठा परिकार समेत खाने चलन रहेको पत्रकार सम्मेलनमा सो समूहले बताएको छ ।
परापूर्व कालमा थारु समुदायमा दादुराको प्रकोप भयावह रहेको र चिरै भजहर पर्व आयोजना गरी पूजाआजा गरेपछि दादुरा हटेपछि यो पर्वलाई मनाउने चलन रहिआएको सञ्जालका सल्लाहकार दुज्जी चौधरीले बताउनुभयो । चिरै भजहर पर्व मनाएमा गाउँघरमा रहेको विपत्ति हटेर जाने जनविश्वास रहेको थारु समुदायले बताउने गरेको छ ।

तपाईको प्रतिक्रिया