कांग्रेस संसदीयदलमा एकमात्र थारु भोटनीदेवी खवास निर्वाचित


Votani Devi

काठमाडौँ, चैत २६ गते । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिका लागि भोटनीदेवी खवास थारु एकमात्र थारुबाट निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

थारु कोटाबाट बुद्धिसागर चौधरी र खवासबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका तेजुलाल चौधरी पुनः पराजित हुनुभएको छ । उहाँ १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि पनि सोही क्षेत्रबाट केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो ।
चौधरी ९२ मत ल्याएर पराजित हुनुभयो । त्यस्तै कोटामा बुद्धिसागर चौधरीले ९३ मत ल्याएर पराजित हुनुभएको हो ।

काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक÷एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार आरक्षणका विभिन्न १५ पदका लागि निर्वाचन भएको हो । पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उहाँ बिहीबार नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

थारु कोटाबाट बुद्धिसागर चौधरी र खवासबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका तेजुलाल चौधरी पुनः पराजित हुनुभएको छ ।

आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म भएको निर्वाचनमा प्रदेश नं १ बाट दीपक खड्का १०३, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली १०९ र प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित ११७ मतसहित निर्वाचित हुनुभएको छ ।

त्यस्तै, प्रदेश नं ४ बाट रामचन्द्र पोखरेल १०९, प्रदेश नं ५ बाट विक्रम खनाल १११, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट १३० र प्रदेश नं ७ बाट भरतबहादुर खड्का ११० मतसहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो ।

त्यस्तै, समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदमा आङ्टावा शेर्पा १०४ र तीर्थबहादुर लामा १११, आदिवासी जनजाति महिलातर्फ दुई पदमा ज्ञानकुमारी छन्त्याल १०९ र उषा गुरुङ १०८ मतसहित निर्वाचित हुनुभएको छ ।

खसआर्य पुरुषतर्फ एक पदमा राजेन्द्रकुमार केसी ९राजन० ११८, खसआर्य महिलातर्फ दुई पदमा गीता वाग्ले १२१ र मधु शाही ठकुरी ११९ मतसहित निर्वाचित हुनुभएको छ ।

मधेसी पुरुषतर्फ एक पदमा राम अयोध्याप्रसाद यादव १२३ र मधेसी महिलातर्फ दुई पदमा रश्मी ठाकुर १२० तथा प्रमिलादेवी दास ११२ मतसहित निर्वाचित हुनुभएको छ ।

त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास १०७, मुस्लिमतर्फ एक पदमा अब्दुल रज्जाक १३९ तथा दलित पुरुषतर्फ एक पदमा नरभान कामी १०५ र दलित महिलातर्फ एक पदमा आशा विक १२४ मतसहित विजयी हुनुभएको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट भएको हो । कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया