अर्को निर्वाचनमा एमालेलाई भोटकोलागि दुःख गर्नु पर्दैनः अध्यक्ष ओली


KP OLi

काठमाडौं, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो आयुको कुनै चिन्ता नगरी देश र नागरिकको हितमा केन्द्रीत भएर काम गरिरहेको बताउनुभएको छ । “सरकार कहिले ढल्छ भन्ने चिन्ता छैन, पदमा रहुन्जेल देश र जनताको हितमा काम गर्छु” उहाँले भन्नुभयो ।

अखिल नेपाल किसान महासंघको शुक्रबार यहाँ आयोजित छैठौं महासम्मेलनको उद्घाटनसत्रमा यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकारले राम्रो र उपलब्धीपूर्ण काम गरिरहेकाले अर्को निर्वाचनमा भोटकालागि एमालेले दुःख गर्नु नपर्ने उहाँले दावी गर्नुभयो ।

“मेरो नेतृत्वको सरकारले एमालेकालागि गौरव गर्ने काम गरेको छ, पदमा रहुन्जेल अझै राम्रो काम गरिनेछ, आउने निर्वाचनमा पार्टीलाई भोटकालागि दुःख गर्नु पर्दैन” उहाँले भन्नुभयो । “सरकारले कामकाजमा कुनै हेलचेक्र्याई नगरेको बताउँदै उहाँले भन्नुभयो, अबको नीति तथा बजेटमा कार्यान्वयन गर्नेगरी बजेट तर्जुमा हुन्छ ।”

“मेरो नेतृत्वको सरकारले एमालेकालागि गौरव गर्ने काम गरेको छ, पदमा रहुन्जेल अझै राम्रो काम गरिनेछ, आउने निर्वाचनमा पार्टीलाई भोटकालागि दुःख गर्नु पर्दैन” उहाँले भन्नुभयो ।

अबको दुई वर्षभित्र देशभरको १७६ वटा ट्वीन विस्थापित गर्नेगरी साउनबाट काम शुरुहुने भन्दै उहाँले थप्नुभयो, क्यालेन्डरमा चिनो लगाएर बस्नुस्, दुई वर्षमा कहीं ट्वीन देख्न पाउनु हुनेछैन ।” हिजोका दिनमा एमालेकै नेतृत्वमा आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम ल्याएर विकास ग¥यौं, अहिले आफ्नो देश आफै बनाउँ अभियानमा लागेका छौं प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारले गरेको रचनात्मक कामको प्रसंशा गर्न सबैले कन्जुस्याई गरेको आरोप लगाउँदै उहाँले सकारात्मक कामको प्रसंशा गर्ने परिपाटीको विकास गर्न सबैमा उहाँले आग्रह गर्नुभयो । “सरकारले घोसेमुन्टो लगाउने कुनै काम गरेको छैन, गर्नेछैन” भन्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र स्वाभिमानमा कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भूकम्पबाट पीडितको पक्षमा सरकार गठन भएकै दिनदेखि दत्तचित्त भएर लागेको दावीगर्दै उहाँले अलपत्र, अस्तव्यस्त भएको मुलुकलाई सही ट्रयाकमा ल्याउने काम वर्तमान सरकार र एमालेले ल्याएको दावी गर्नुभयो । राम्रो कामको सही मूल्याङ्कन गर्न नेपाली मिडियालाई आग्रह गर्दै उहाँले पक्षपातपूर्ण व्यवहार कसैले गर्न नहुने बताउनुभयो ।

राष्ट्रवाद र राष्ट्रिय स्वाभिमानमा समेत देशको ठूलो पार्टीले खोक्रो नारा भनेर टिप्पणी गरेको भन्दै उहाँले कांग्रेसको सानो कामलाई नेपाली मिडियाले पहाड बनाएर सम्प्रेषण गर्ने तर एमालेले गरेको राम्रा र सकारात्मक कामलाई पनि वेवास्ता गर्नेगरेको उहाँले दावी गर्नुभयो । वैचारिक र सांगठनिकरुपले एमाले नै मुलुकको पहिलो शक्ति भएको उहाँले तर्क गर्नुभयो । कृषिमा नेपालीलाई आत्मनिर्भर बनाई मुलुकमै स्वरोजगार गर्ने अभियानमा सरकार लागेको उहाँले बताउनुभयो ।

पार्टी एकताबद्ध बनाएर मुलुकको पहिलो शक्ति बनाउने गरी आफूले तयारी गरेको दावीगर्दै एमाले अध्यक्षसमेत रहनुभएका ओलीले कुनै नेता र कार्यकर्तालाई आफूले भेदभाव नगरेको दावी गर्नुभयो । वरिष्ठ नेताहरुले अध्यक्ष ओलीलाई पार्टीभित्र मनपरी गरेको आरोप लगाउँदै आउनुभएको छ ।

“पार्टीमा क, ख, ग, घ गुट रहुन्जेल न यो पार्टी मुलुकको पहिलो पार्टी हुनसक्छ न समाजवादको लक्ष्यमा पुग्न नै सकिन्छ” उहाँले भन्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले एमाले पार्टी सबै दृष्टिकोणले मुलुकको पहिलो पार्टी भएपनि पार्टीभित्र झाङ्गिएको गुटबन्दीले समस्या पारिरहेको बताउनुभयो । “पार्टीमा क, ख, ग, घ गुट रहुन्जेल न यो पार्टी मुलुकको पहिलो पार्टी हुनसक्छ न समाजवादको लक्ष्यमा पुग्न नै सकिन्छ” उहाँले भन्नुभयो । नयाँ संविधान कार्यान्वयनको अभिभारा एमालेको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरागर्दै समाजवादउन्मुख हुनुपर्ने उहाँले तर्क गर्नुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपालले घुमाउरो पारामा अध्यक्ष ओलीको आलोचना गर्नुभयो । मुखमा एकता, निश्पक्षताको कुरा गरेर हुँदैन, व्यवहार र कार्यशैलीमा देखाउनुपर्छ भन्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले बोलीलाई व्यवहारमा कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।

“हाम्रोबीच एकता र सहकार्य भए मुलुकको कुनै पार्टीले हाम्रो मुकाविला गर्न सक्दैन, समस्याको ढाकछोप हैन, खुलारुपले समाधान खोज्न सक्नुपर्छ” नेता नेपालले भन्नुभयो ।

“हाम्रोबीच एकता र सहकार्य भए मुलुकको कुनै पार्टीले हाम्रो मुकाविला गर्न सक्दैन, समस्याको ढाकछोप हैन, खुलारुपले समाधान खोज्न सक्नुपर्छ” नेता नेपालले भन्नुभयो । राष्ट्रिय एकता खल्बल्याउनेगरी विभिन्न शक्तिहरु पर्दापछाडि सक्रिय रहेकाले सबैले चलाखो हुनुपर्ने उहाँले बताउनुभयो । कृषिजन्य खाद्यान्नहरु सबै बाहिरबाट आयात गरेर मुलुकलाई कृषिप्रधान देश भन्न लाजमर्दो अवस्था सृजना भएकाले दत्तचित्तकासाथ कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

महासंघका अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव ईश्वर पोखरेल, सचिव गोकर्ण विष्ट, पोलिटव्यूरो सदस्य विष्णु रिमाल, नेताहरु गोमा देवकोटा, जीतु गौतम, राजीव पहाडी लगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अध्यक्ष ओली, नेताहरु टीकाराम महर्जन, तोयराज चालिसे, रामसेवक यादव, गोविन्द ज्ञवाली, भुवनसिंह राई, देवी बराल, गणेशबहादुर खत्री, त्रिलोचन ढकाल, शान्ता मानवी, अमृत बोहरा, केशव बडाललाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया