थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार


Bimal-Vs-Sanjay

काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको शनिबार बोलाइएको छैठौं अधिवेशनमा एकापसमै कुटाकुट भई बबाल भएपछि बन्दसत्र सोमबार पुनः हुँदैछ ।

उपत्यका समितिका अध्यक्ष ओम थारुले साँझ ८ बजेतिर आफूमाथि एक समूहले हातपात गरेपछि बन्दसत्र सम्पन्न हुन नसकेको बताउनुभयो । “अँध्यारोमा अकस्मात म माथि हातपात भयो, हातपात गर्ने को हो चिन्नै सकिनँ” थारुले भन्नुभयो । अधिवेशन भाँड्नेगरी केही विद्यार्थीलाई परिचालन गरिएको थारुले आरोप लगाउनुभयो ।

शनिबार अधिवेशन सम्पन्न हुन नसकेपछि सोमबार पुनः तमुबौद्ध सेवा समितिको हलमा बन्दसत्र आव्हान गरिएको अध्यक्ष थारुले बताउनुभयो । “विद्यार्थी संगठनलाई बदनाम गर्ने प्रयास गरिएको छ, सोमबार हुने बन्दसत्रमा काम सम्पन्न गरिने छ” थारुले भन्नुभयो ।

“अँध्यारोमा अकस्मात म माथि हातपात भयो, हातपात गर्ने को हो चिन्नै सकिनँ” थारुले भन्नुभयो । अधिवेशन भाँड्नेगरी केही विद्यार्थीलाई परिचालन गरिएको थारुले आरोप लगाउनुभयो ।

विद्यार्थी संगठनमा भाँडभैलो गर्ने केही तत्वहरु सक्रिय रहेकाले समस्या उत्पन्न भइरहेको समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद थारुले बताउनुभयो । “चित्तवनमा एकवर्ष अघि भएको केन्द्रीय कमिटीको अधिवेशनमा जे भएको थियो, उपत्यकामा पनि त्यस्तै खेल भयो” थारुले भन्नुभयो । उपत्यका समितिलाई शान्तिपूर्णरुपले गठन गरी केन्द्रीय अधिवशनको तयारी हुने उहाँले बताउनुभयो ।

उपत्यका समितिका लागि दुईजना उम्मेदवार प्यानल बनाएर प्रतिस्पर्धामा उत्रनु भएको छ । हालका उपत्यका सचिव विमल चौधरी र सदस्य सञ्जय थारु अध्यक्षका दावेदार देखिएका छन् । दुवै जनाले आफ्नो प्यानल बनाएर प्रचारमा लागेका छन् ।

थारु विद्यार्थी समाजलाई थारु आन्दोलनको व्याकबोनको रुपमा हेर्ने गरिन्छ । तर विद्यार्थीहरु एकापसमै लड्न, फुट्न थालेपछि थारु अगुवाहरुमा चिन्ता बढेको छ । थारु एकता गरी अधिकारको आन्दोलनलाई सशक्त बनाउने बेलामा विद्यार्थीहरु एकापसमा कुटाकुट गर्नु दुर्भाव्यपूर्ण रहेको एक अगुवाले हमारपहुरासँग दुखेसो पोख्नुभयो ।

उपत्यका समितिको अधिवेशनका लागि उपत्यकाका ६० वटा कलेजबाट प्रतिनिधि छनौट भएका छन् । सो क्याम्मसबाट ३ जना प्रतिनिधि र पर्यवेक्षक २ जना रहने व्यवस्था गरिएको अध्यक्ष थारुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया