हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती

हातपात गर्नेलाई कारवाही गर्न माग


OM tharu

काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतो थारुले गत शनिबार आफूमाथि भएको हातपातको विज्ञप्तीमार्फत् भत्र्सना गर्नुभएको छ । हातपात गर्नेको पहिचान गरी कारवाही गर्न निर्वाचनमण्डलसँग थारुको माग छ ।

समाजको तर्फबाट आइतबार विज्ञप्ती जारी गर्दै अध्यक्ष थारुले विद्यार्थीको नाउँमा गुण्डागर्दी गर्ने, आपराधिक मानसिकता भएका गलत व्यक्तिहरु अधिवेशनमा आएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

समाजको उपत्यका समितिको छैठौं अधिवेशन शनिबार पाटन क्याम्पस ललितपुरमा आव्हान गरिएको थियो । उद्घाटनसत्र शान्तिपूर्ण भएको अधिवशेनमा बन्दसत्र शुरुभएपछि प्रतिनिधि विवादले कुटाकुट भएको थियो ।

समाजको उपत्यका समितिको छैठौं अधिवेशन शनिबार पाटन क्याम्पस ललितपुरमा आव्हान गरिएको थियो । उद्घाटनसत्र शान्तिपूर्ण भएको अधिवशेनमा बन्दसत्र शुरुभएपछि प्रतिनिधि विवादले कुटाकुट भएको थियो । अध्यक्षले एकलौटी गरेको भन्दै केही अपरिचित समूहले थारुमाथि हातपात गरेका थिए । तर हातपात कसले गरेको हो अध्यक्ष स्वयम्लाई थाहा छैन ।

अचम्म त के भने आफै कुटाई खानुभएका अध्यक्ष थारुले आइतबार हातपात गर्नेमाथि कारवाहीको गर्न माग गर्दै आफै प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । उहाँले निर्वाचन मण्डलका प्रतिननिधिहरुलाई हातपात गर्नेको पहिचान गरी कारवाही गर्न माग गर्नुभएको हो ।

सोमबार आव्हान गरिएको बन्दसत्रमा शान्तिपूर्णरुपले प्रस्तुत हुनपनि अध्यक्ष थारुले विज्ञप्तीमार्फत विद्यार्थी सबैमा आग्रह गर्नुभएको छ ।
जारी विज्ञप्तीको पूर्णपाठ तल हेर्नुहोलाः

001 (1)

तपाईको प्रतिक्रिया