अखिल नेपाल किसान महासंघमा तीनजना थारु निर्वाचित


Kisan

काठमाडौं, चैत २९ गते । नेकपा (एमाले) को भातृसंगठन अखिल नेपाल किसान महासंघमा तीनजना थारुको प्रतिनिधित्व भएको छ । थारु समुदाय प्रायः किसान नै किसान भएपनि संगठनमा प्रतिनिधित्व कमजोर देखिएको छ ।

महासंघको काठमाडौंमा चैत २६ देखि २९ सम्म भएको छैठौं महासम्मेलनबाट बामदेव गौतमको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा प्रदेश नं. १ बाट उपाध्यक्षमा बलदेव चौधरी, प्रदेश नं. ५ को खुला सदस्यमा शर्मा चौधरी थारु र प्रदेश नं. ७ बाट चुलराम चौधरी सदस्यमा निर्वाचित हुनुभएको छ ।

सम्मेलनले सहअध्यक्षमा केशवलाल श्रेष्ठ, सात उपाध्यक्षमा क्रमशः चौधरी, क्षेत्र नं. २ बाट रामअवतार यादव, क्षेत्र नं ३ बाट हरिप्रसाद पराजुली, क्षेत्र नं ४ बाट शारदाप्रसाद सुवेदी, क्षेत्र नं. ५ बाट कमल श्रेष्ठ, क्षेत्र नं ६ बाट यामलाल कँडेल र क्षेत्र नं ७ बाट लालबहादुर थापा निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा बलराम बाँस्कोटा, दुई उपमहासचिवमा क्रमशः डिवी कार्की र बाबुराम थापा, दुई सचिवमा लालबहादुर विश्वकर्मा र दाताराम खनाल र कोषाध्यक्षमा माया केसी निर्वाचित हुनुभएको छ । ८१ सदस्यीय नयाँ कार्य समितिलाई समावेशीहिसावले निर्वाचित गरिएको छ ।

किसान महासंघ, एमालेको प्रभावकारी भातृ संगठन हो । यसभित्र देशभरका करिब १० औं लाख सदस्यहरु आवद्ध रहेको पार्टीले दावी गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया