पेस्टोलसहित सप्तरीमा समातिए इन्जिनियर बिपिनकुमार झा


Pestol

सप्तरी, वैशाख १ गते । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले सप्तरीमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् ।

प्रहरी टोलीले विष्णुपुरचौकबाट आफै स्वचालित (अटोमेटिक) पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मङ्गलबार साँझ पक्राउ गरेको प्रहरीले बताएको  छ ।

प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुरचौकबाट आफै स्वचालित (अटोमेटिक) पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मङ्गलबार साँझ पक्राउ गरेको प्रहरीले बताएको  छ ।

भारतबाट स ६ प १६९२ नम्बरको युनिकर्न मोटरसाइकलमा चढेर राजविराज–सखडा रोड हुँदै राजविराजतर्फ आउँदै गर्दा पक्राउ झा लाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया