थारु साहित्यिक मेला २०७३ को तयारी अन्तिम चरणमा


tharu

घोराही, वैशाख १ गते । यहि बैशाख ३ र ४ गते दाङको घोराहीमा हुन गइरहेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’ तयारी अन्तिम चरणमा पुगेको छ । यसैविच बुधबारको दिन मेलालाई भब्य रुपमा सम्पन्न गर्नको लागि दाङको विभिन्न अगुवाहरुसंग भेटघाट गरेको छ ।

छलफल भएको साहित्यक मेला मुल आयोजक समितिका सहसंयोजक एवम प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारीदिनुभएको छ ।

दुइदिनसम्म चल्ने साहित्यक मेलामा दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपेन्देही र काठमाण्डौमा बस्ने थारु साहित्यकारहरुको जमघट रहने छ । यसैगरि मेला हालसम्म थारु भाषाको प्रकाशनमा आएको विभिन्न पत्रपत्रिका, किताबको वृहत प्रदशनी तथा विक्रिवितरण गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिको संयोजक सन्तोष दहितले बताउनुभयो ।

दुइदिनसम्म चल्ने साहित्यक मेलामा दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपेन्देही र काठमाण्डौमा बस्ने थारु साहित्यकारहरुको जमघट रहने छ ।

‘मातृ भाषालाई माया गरौै, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं ’ भन्ने मुल नाराका साथ हुन गइरहेको मेलामा विभिन्न विषयमा ७ वटा कार्यपत्र पनि प्रस्तुत हुने मेला आयोजक समितिले जानकारीदिएको छ ।

दुइदिने साहित्यक मेलाको उदघाटन बैशाख ३ गतेका दिन नेपाल पत्रकार महासंघको हलमा उदघाटन गरिने छ । साथै त्यहिदिन थारु भाषाको विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको स्टल राखिने छ भने यसैगरि बैशाख ४ गतेका दिन सौडियार ५, राजपुरगाउमा बृहत थारु साहित्यक छलफल गरिने छ । यसैगरि ५ नं प्रदेशको राजधानी दाङमा बनाउको लागि साहित्यि माफर्त सरकारलाई दबाबको सिर्जना गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिको संयोजक सन्तोष दहितले जानकारीदिनुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोग तथा स्थानीय साहित्यिक संघ संस्थाको सहजिकरणमा थारु साहित्यिक मेला पहिलो पटक हुन लागेको हो ।

तपाईको प्रतिक्रिया