शाही युवाशक्तिले भन्यो, राजतन्त्रलाई पुनरबहाली गर्छौं


Rajtantra

काठमाडौं, बैशाख २ गते । शाही युवा शक्ति नेपालले छिटो राजतन्त्र पुर्नवहाली गर्न आन्दोलनको कार्यक्रम जारी गर्ने घोषणा गरेको छ । सो संस्थाले बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी समेत दिएको छ ।

शाही युवा शक्ति नेपालले बैशाख ३ गते मोटरसाईकल रयाली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना गर्ने, जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर खुल्लामञ्चमा बृहत्त सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु अघि सारेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति (आरवाईपी) ले पूर्वराजा ज्ञानेन्द्रसँग प्रमुख राजनीतिक दलहरुले तत्कालिन अवस्थामा गरेको सम्झौताहरु कार्यान्वयन नगरेको आरोप लगाएको छ ।

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले भने, ‘राजतन्त्र पूर्नवहालीको लागि हामी सडक संघर्षमा होमिसकेका छौं, युवाहरुको तातो जोशले राजतन्त्र पूर्नवहाली भैछाड्छ, हामी मिशनमा छौं, यो मिशन पूरा गरेरै छाड्छौं ।’

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले भने, ‘राजतन्त्र पूर्नवहालीको लागि हामी सडक संघर्षमा होमिसकेका छौं, युवाहरुको तातो जोशले राजतन्त्र पूर्नवहाली भैछाड्छ, हामी मिशनमा छौं, यो मिशन पूरा गरेरै छाड्छौं ।’

अध्यक्ष खड्काले राजाका नजिकका आसेपासेहरु अवसरवादी भएकाकारण मुलुकमा राजतन्त्र पूर्नवहाली हुन ढिला भएपनि अब छिट्टै नारायणहिटीमा पूर्वराजालाई स्थापित गर्ने दाबी गरे ।

कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेश तामाङले राजतन्त्र पूनरबहालीका लागि राजावादीहरुले खुलेर सहयोग नगरे त्यस्तालाई भौतिक कारवाही गर्ने चेतावनी समेत दिए ।

महासचिव कृष्णराज थापाले गणतन्त्रवादीहरुले मुलुकमा कायापलट हुने भनेर जनताको आँखामा छारोहाल्ने काम गरेकोले मुलुकमा समस्या उत्पन्न भएको बताए ।

‘राजतन्त्र भएको देशमा शान्ति, समृद्धि र विकास भएको छ, हाम्रो देशमा पनि राजाले मात्रै देश र जनताको हितमा काम गर्नसक्नुहुन्छ’ उनले भने ।

तपाईको प्रतिक्रिया