थारु साहित्यिक मेलाको उदघाटन प्राज्ञ मुकारुङले गर्नुहुने


tharu

सन्तोष दहित
घोराही, वैशाख २ गते । बैशाख ३ र ४ गते दाङको घोराहीमा हुन लागेको ‘थारु साहित्यिक मेला– २०७३’ को तयारी पुरा भएको छ । मेलाको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङले गर्नुहुने आयोजकले बताएको छ ।

साहित्यक मेलामा थारु भाषा, साहित्यमा योगदानमा पु¥याएको भन्दै गोचाली पत्रिकाको संस्थापक महेश चौधरी, भगवति चौधरी, लालबहादुर चौधरी र टेकबहादुर चौधरीलाई सम्मान गर्ने कार्यक्रमरहेको प्रचारप्रसार समितिले जानकारी गराएको छ ।

‘आपन पहिचान ओ मातृभाष बह्राई पौह्राई, थारु भाषा, साहित्यिक विकासम पइला बह्राई’ भन्ने मुल नाराकासाथ हुन गइरहेको साहित्यिकमेलामा विभिन्न विधाका साहित्यिक कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

थारु मानक भाषाको बारेमा सुशिल चौधरी, थारु उपन्यास अख्यानका बारेमा कृष्णराज सर्वहारी, थारु साहित्यमा दाङको योगदानका बारेमा केबी चौधरी, थारु साहित्यको योगदानमा लावा डगरको भूमिकामा श्रीराम चौधरी, थारु साहित्यमा कैलालीको योगदानमा सत्यनारायाण दहित, थारु साहित्यकमा कविताको अवस्था विषयमा छविलाल कोपिलाले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

‘आपन पहिचान ओ मातृभाष बह्राई पौह्राई, थारु भाषा, साहित्यिक विकासम पइला बह्राई’ भन्ने मुल नाराकासाथ हुन गइरहेको साहित्यिकमेलामा विभिन्न विधाका साहित्यिक कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

यसैगरि साहित्यिक मेलाको आकर्षणमा प्रकाशनमा आएका थारु भाषाको विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको बृहतप्रदशनी तथा विक्रिवितरण रहने बताइएको छ । मेलामा दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपेन्देही र काठमाण्डौमा बस्ने थारु साहित्यकारहरुको जमघट हुने आयोजकको भनाई छ । थारु साहित्यिक मेला भनिए पनि नवलपरासी पूर्वका थारु भाषा साहित्यलाई मेलाले नसमेट्ने निश्चित् भएको छ ।

दुर्इ दिनसम्म चल्ने साहित्यक मेलाको उदघाटन बैशाख ३ गते बैशाख ४ गते सौडियार ५, राजपुरगाउमा बृहत थारु साहित्यिक छलफल गर्ने तयारी आयोजकको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, जिल्ला विकास समिति दाङको आर्थिक सहयोग तथा थारु भाषा, साहित्य संरक्षण मंच, हर्चाली समुहको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक, दाङ हस्तकला संघ, नविस्रोत परिचालन केन्द्र, सहयोग समाज नेपाल ग्रामिण किसान उत्थान समुह, एकिकृत युवा क्लव सोडियार ५, राजपुरको सहआयोजनामा साहित्यक मेला हुन लागेको हो

तपाईको प्रतिक्रिया