प्रथम श्रेणीमा गरिन शान्ता चौधरीले कक्षा आठको बोर्ड पास


8

काठमाडौं, वैशाख ३ गते । नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद शान्ता चौधरीले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छिन्।

दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिएकी पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण भएर निकै खुशी छिन् । सभासद् हुँदा निरक्षर भएकाकारण धेरै दुःख झेल्नुपरेको महसुस भएपछि उनी विद्यालयमा भर्ना भएकी थिइन् ।

धेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ। घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ, फेल हुन्छु भन्ने लागेको थियो, तर पास भएँछु ।

कक्षा आठको परीक्षा सफलतालाई जीवनको ठूलो उपलब्धीकोरुपमा उनले लिएकी छिन् । कमलरी जीवनबाट यो अवस्थासम्म आइपुग्न जीवनको ठूलो सफलता हो, शान्ता भन्छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै उनले लेखेकी छिन्, ुधेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ। घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ, फेल हुन्छु भन्ने लागेको थियो, तर पास भएँछु । पासमात्रै होइन फस्ट डिभिजन आएछ। उनले आफूलाई पढाइमा उत्प्रेरणा जगाउने सबैमा आभार व्यक्तसमेत गरिन्।

मिडियाले लगातार पछ्याएकाले पनि आफू ध्यान दिएर पढ्न बाध्य भएको उनको भनाइ छ । थप अध्ययनकालागि हौसला मिलको भन्दै शान्ताले पढाई नियमित गर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया