पत्रकार तथा साहित्यकार लक्की चौधरी सम्मानित


Lucky_Samman

काठमाडौं, वैशाख ४ गते । गोरखापत्रकर्मी लक्की चौधरी सक्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शनिबार एक कार्यक्रमकाबीच पत्रकार चौधरीलाई सम्मानित गर्नुभयो ।

रिपोर्टर्स क्लवको अठारौं वार्षिकोत्सवको अवसरमा चौधरीसहित न्यूज एजेन्सीका फोटोपत्रकार मेननराज राजभण्डारी र नेपाल मण्डल टी.भी.का रामराजा बज्राचार्य पनि सम्मानित हुनुभयो । तीनैजना पत्रकारलाई मन्त्री राईले सम्मानपत्रले सम्मानित गर्नुभयो ।

नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर लेखनमा सक्रिय रही नागरिकलाई सुसूचित गराउनमा उच्च योगदान दिएको भन्दै क्लवले पत्रकारलाई सम्मानित गरेको हो । सो अवसरमा मन्त्री राईले समाज परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रको अहम योगदान रहेकाले पत्रकारको क्रियाशीलता र सक्रियताको जरुरी रहेको बताउनुभयो ।

नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर लेखनमा सक्रिय रही नागरिकलाई सुसूचित गराउनमा उच्च योगदान दिएको भन्दै क्लवले पत्रकारलाई सम्मानित गरेको हो ।

मुलुक नयाँ संविधान कार्यान्वयनको चरणमा रहेकाले पत्रकारहरुको सक्रियता र लगनशीलताको थप खाँचो रहेको भन्नुहुँदै उहाँले मिडियाकै सहयोगमा नयाँ संविधानबारे गरिएको अफवाह र भ्रम चिर्न सरकार सफल भएको बताउनुभयो । “अब मुलुकमा कुनै किसिमको भ्रम, अफवाह र अन्यौलता छैन, नयाँ संविधानको कार्यान्वयनमा सबै लाग्नुपर्छ” मन्त्री राईले भन्नुभयो ।

“अब नेपाली जनतामा रहेको संविधानबारेको भ्रम हटेको छ, संविधानमा छुटेका केही विषय छन्, त्यसलाई सहमतिमै संशोधन गर्दैजानुपर्छ” सञ्चारमन्त्री राईले भन्नुभयो, “अब मुलुकमा कुनै द्वण्द्व छैन, अन्यौल, भ्रम र अस्पष्टता सबै हटेर देश सामान्य अवस्थामा छ ।”

उच्चस्तरीय राजनीतिक समितिले अब सातादिनमा पूर्णता पाउने बताउनुहुँदै मन्त्री राईले कांग्रेस, मधेसी मोर्चा सबैलाई समेटेर समितिलाई पूर्णतादिने तयारी भइरहेको बताउनुभयो ।

“अब नेपाली जनतामा रहेको संविधानबारेको भ्रम हटेको छ, संविधानमा छुटेका केही विषय छन्, त्यसलाई सहमतिमै संशोधन गर्दैजानुपर्छ” सञ्चारमन्त्री राईले भन्नुभयो, “अब मुलुकमा कुनै द्वण्द्व छैन, अन्यौल, भ्रम र अस्पष्टता सबै हटेर देश सामान्य अवस्थामा छ ।”

“हामी सबै मिलेर नयाँ संविधान जारी ग¥यौं, कार्यान्वयन पनि सबै मिलेर गर्नुको विकल्प छैन” भन्नुहुँदै मन्त्री राईले थप्नुभयो, “कांग्रेस, मधेसवादीदल समितिमा नआउनुको कुनै कारण देख्दिन ।” प्रधानमन्त्रीको भारतभ्रमणको एकदिन अघि सरकारले गठन गरेको ११ सदस्यीय समितिकालागि अहिलेसम्म कमल थापा मात्रै सदस्य हुनुहुन्छ ।

सरकार अहिले नीति तथा कार्यक्रम, बजेटको तयारीमा रहेको बताउँदै मन्त्री राईले मुलुकमा सबै किसिमको असहमतिको समाप्त भएकाले मुलुक पुनरनिर्माण र विकासको अभियानमा लागेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया