थारु भाषा साहित्यका चारजना अग्रज एकसाथ सम्मानित


2

सन्तोष दहित
घोराही, वैशाख ४ गते । थारु साहित्यिक मेलामा २०२८ सालमा पहिलो पटक थारु भाषामा गोचाली पत्रिका प्रकाशन गरी भाषा, साहित्यको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै गोचाली पत्रिकाका संस्थापक महेश चौधरी, भगवति चौधरी, लालबहादुर चौधरी, र टेकबहादुर चौधरीलाई कदरपत्रले सम्मानित गरिएको छ ।

शुक्रबारबाट शुरुभएको साहित्यिक मेलामा नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विकास प्रमुख प्राज्ञ श्रवण मुकारुङले उहाँहरुलाई सम्मानित गर्नुभयो । मेलाको दोस्रोदिन विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको मेला प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिनुभयो ।

शुक्रबारबाट शुरुभएको साहित्यिक मेलामा नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विकास प्रमुख प्राज्ञ श्रवण मुकारुङले उहाँहरुलाई सम्मानित गर्नुभयो ।

उहाँकाअनुसार थारु मानक भाषाबारे सुशील चौधरी, थारु उपन्यास आख्यानबारे कृष्णराज सर्वहारी, थारु साहित्यमा दाङको योगदानबारे केवी चौधरी, थारु साहित्यको योगदानमा लावा डगरको भूमिकाबारे श्रीराम चौधरी, थारु साहित्यमा कैलालीको योगदानबारे सत्यनारायण दहित, थारु साहित्यमा कविताको अवस्थाबारे छविलाल कोपिलाले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, जिल्ला विकास समिति दाङको आर्थिक सहयोगमा तथा थारु भाषा, साहित्य मञ्च, हर्चाली समूहको आयोजना एवं लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक, नविस्रोत परिचालन केन्द्र, सहयोग समाज नेपाल लगायत संघसस्थाको सहआयोजनामा भएको हो ।

यसैगरि साहित्यक मेलामा हालसम्म थारु भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाको वृहित पदर्शनी तथा विक्रिवितरणको लागि राखिएको प्रचारप्रसार संयोजक दहितले जानकारी दिनुभयो । दुईदिनसम्म चल्ने साहित्यक मेलामा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपेन्देही, काठमाण्डौका थारु लेखक, साहित्यकारहरुको जमघटरहेको छ ।

तपाईको प्रतिक्रिया