विवादकाबीच सकियो दाङको थारु साहित्यिक मेला


5 (1)

घोराही, वैशाख ५ गते । दुईदिनसम्म दाङमा चलेको थारु साहित्यिक मेला विवादकाबीच शनिबार सम्पन्न भएको छ । पश्चिमका बाँके, वर्दिया, कैलाली, कञ्चनपुर लगायतबाट प्रतिनिधित्व रहेको थारु साहित्यकारहरुको जमघटले चौधबुंदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

कार्यक्रममा सहभागीहरुको भनाईअनुसार पहिलो पटक थारु साहित्यिक मेला आयोजना भएपनि विवादरहित हुन सकेन । मूल आयोजकले मनोमानी गरेपछि सहआयोजकहरुले कार्यक्रम नै वहिष्कार गरे । पहिलो दिन उद्घाटन कार्यक्रम सहजरुपमा भएपनि दोस्रोदिनको कार्यक्रममा स्थानीय सहआयोजकहरुले वहिष्कार गरेका थिए ।

सहआयोजकहरुले कार्यक्रम नै वहिष्कार गरेपछि दोस्रोदिनको कार्यक्रममा सहभागी संख्या न्यून रहेको थियो । सहभागी नभएपछि सानो कोठामा कार्यक्रम गर्न मूल आयोजक बाध्यभएको बताइएको छ । विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुको व्यवस्थापनमा समेत समस्या भएपछि कार्यक्रम सोचेजस्तो उपलब्धीपूर्ण हुन नसकेको भनाई सहभागीहरुको छ ।

मूल आयोजकले मनोमानी गरेपछि सहआयोजकहरुले कार्यक्रम नै वहिष्कार गरे । पहिलो दिन उद्घाटन कार्यक्रम सहजरुपमा भएपनि दोस्रोदिनको कार्यक्रममा स्थानीय सहआयोजकहरुले वहिष्कार गरेका थिए ।

आइतबार विहान भएको कार्यक्रमको समिक्षामा मूल आयोजक समितिका सदस्यहरुले गल्ती र त्रुटी स्वीकार गरेर माफी मागेपछि सहआयोजकहरुले चित्त बुझाएका थिए । थारुको कार्यक्रम भएकाले पहिलो कार्यक्रमलाई बद्नाम गर्नुभन्दा सही सन्देश दिने हिसावले मात्र कार्यक्रम स्वीकार गरिएको कतिपय सहभागीको बुझाई छ ।

हमार पहुरासँग कुरागर्दै नाम नबताउने सर्तमा सहभागीहरुले कार्यक्रम लथालिंग भएको टिप्पणी गरे । मूल आयोजकले पहिलो कार्यक्रम सोचेभन्दा सफल भएको दावी गरेपनि यथार्थमा त्यस्तो नभएको सहभागीहरुले बताए ।

थारु मानक भाषा बनाउनका लागी सबै भाषा प्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकताबद्ध भएर काम गर्ने, थारु मातृभाषमा शिक्षाका लागि बिद्यमान संबैधानिक र कानुनी प्राबधानको व्यबहारिक कार्यान्वयनका लागी दवाव दिने, थारु भाषा र साहित्यको बिकास तथा स्थानिय श्रोत परिचालन र पहुँचका लागि प्रयास गर्ने प्रस्ताव कार्यक्रमले गरेको छ ।

थारुभाषी पत्रकाहरुलाई मानक भाषा लेखन सीप बिकास तालीम दिने, थारु साहित्यमा समालोचना आख्यान बिधा कमजोर रहेकोले आगामी दिनमा लेखक, पत्रकार, साहित्यकारहरुलाई सो क्षेत्रमा कलम चलाउन आव्हान गर्ने समेत बैठकले निर्णय गरेको छ ।

थारुभाषी पत्रकाहरुलाई मानक भाषा लेखन सीप बिकास तालीम दिने, थारु साहित्यमा समालोचना आख्यान बिधा कमजोर रहेकोले आगामी दिनमा लेखक, पत्रकार, साहित्यकारहरुलाई सो क्षेत्रमा कलम चलाउन आव्हान गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यसैबीच मेलाले १३ सदस्यीय थारु लेखक संघ गठन गरेको बताएको छ । जसको सदस्यमा दांग, बांके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलरासी, रुपेन्देही र चितवनका साहित्यिनुरागिहरुलाई सदस्यको रुपमा राख्ने निर्णय गरिएको छ ।

दुइदिनसम्म चलेको साहित्यिक मेलाको उदघाटन दांगको सदरमुकाम घोराहीमा गरिएकोथियो भने बृहत छलफल तथा साहित्यिक गोष्ठी सौडियार ५, राजपुर गाउँमा गरिएकोथियो ।

तपाईको प्रतिक्रिया