प्रहरी जवान मख्खुलाल चौधरीले देखाए आफ्नो इमान्दारिता


Police

ललितपुर, बैशाख ५ गते । ललितपुरको सातदोबाटो चोक नजिकै बेवारिसे अवस्थामा रातो झोला देखेपछि ड्युटिमा रहेका सातदोबाटो प्रहरीवृतका प्रहरी जवान मख्खुलाल चौधरीले त्यसलाई हेरे। झोला खोलेर हेर्दा त्यसमा केही कपडा र एक एक हजारको बिटो देखे।

त्यसपछि तत्काल डिएसपी तारादेवी थापालाई फोन गरे र जानकारी गराए। डिएसपी थापाले झोला आफ्नो कार्यालयमा ल्याउन प्रहरी जवान चौधरीलाई आग्रह गरिन्।

Bag

कार्यालयमा चौधरी आएपछि झोलाबाट सबै सामान निकालियो। त्यसमा ३७ हजार ८ सय ६५ रुपैयाँ र १ हजार ६ सय ५० भारु भेटियो ।त्यस्तै साडी, बालबालिकाका कपडा र पुरुषले लगाउने कपडाहरु पनि भेटिएका छन्।

प्रहरी जवान चौधरीले भेटेको सो झोला कसको हो भनेर पहिचान भइनसकेको बताइन्। ‘झोलामा कसैको पनि परिचय पत्र पनि छैन्,’ उनले भनिन्, ‘यो झोला कसैले हराए प्रहरीमा जानकारी गराउन आग्रह गर्छु।’

ललितपुरका डिएसपी किसनसिंह थापाले झोला हराएको भनेर अहिलेसम्म कसैले प्रहरीमा उजुरी नगरेको बताए। प्रहरी जवानले झोला भेटेपछि त्यहाँ भएका सरसमान र पैसा सुरक्षित रहेको छ।

तपाईको प्रतिक्रिया