नागरिक पार्टीको रौतहट जिल्ला कार्य समिति गठन


Nagarik

रौतहट, वैशाख ६ गते । संगठन विस्तारका क्रममा जिल्ला अभियानमा रहेका नागरिक पार्टीका नेताहरुले धमाधम संगठ विस्तार गरिरहनुभएको छ । सोहीक्रममा नागरिक समाजवादी पार्टीको रौतहट जिल्ला कार्यसमिति सोमबार गठन भएको छ ।

बैजनाथपुरमा भएको भेलामा बमभोली चौधरीको संयोजकत्वमा २५ सदस्यीय रौतहट जिल्ला कार्य समिति गठन गरिएको केन्द्रीय प्रवक्ता राज थारुले बताउनुभयो । संयोजक चौधरी यसअघि एमालेको कार्यकर्ता रहेको नागरिक पार्टीले बताएको छ । त्यस्तै, समितिका सदस्यहरुमा रामबहादुर चौधरी जनमुक्ति पार्टीको स्थायी कमिटी सदस्य परित्याग गरी नागरिक पार्टीको कार्य समितिमा प्रवेश गरेको प्रवक्ता थारुले जानकारी दिनुभयो ।

समितिका सदस्यहरुमा रामबहादुर चौधरी जनमुक्ति पार्टीको स्थायी कमिटी सदस्य परित्याग गरी नागरिक पार्टीको कार्य समितिमा प्रवेश गरेको प्रवक्ता थारुले जानकारी दिनुभयो ।

गत फागुन २७ गते गठित समाजवादी पार्टीले केन्द्रीय कार्यसमिति गठन गरेको थियो । २७ सदस्यीयबाट शुरुगरेको सो पार्टीमा अहिले ५२ सदस्यीय कार्यसमिति केन्द्रीय विस्तार समिति गठन गरेको छ । सो पार्टीका संयोजक राजकुमार लेखीले पार्टीको संगठन विस्तार अभियानलाई निरन्तर जारी राख्ने बताउनुभयो ।

सोमबारको भेलामा केन्द्रीय सदस्यहरु अजय चौधरी, चन्द्रकिशोर थारु, रामबहादुर चौधरी, राजेश्वरी बण्ठा, हेमनाथ चौधरी, परशुनारायण चौधरी, अधिकारकर्मी ज्योति दनुवार लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया