महुवाको याम शुरु, थारु गाउँबस्ती संकलनमा व्यस्त


Mahuwa

धनगढी, वैशाख ६ गते । थारु समुदायका लागि निकै चर्चामा रहेको महुवाको दारुका लागि महुवा संकलनमा थारु समुदाय अहिले व्यस्त रहेको छ । खास चाडपर्वमा महुवाको रक्सी थारु समुदायमा प्रयोगमा ल्याइने गरिन्छ ।

महुवा (एक प्रजातिको रुख) को फलबाट घरमा प्रयोग गरिने रक्सी बनाउने प्रचलन थारु गाउँमा छ । महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध र तेजिलो हुनेगर्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउन पनि त्यसको रक्सी थारु गाउँमा अनिवार्यजस्तै हुन्छ ।

अन्नबाट पनि रक्सी बनाउने गरिए पनि महुवाको रक्सीको तुलनामा अन्य रक्सीहरु तागतिलो नहुने र शरीरका लागि पनि महुवाको रक्सी तागतिलो हुने गरेको बुझाई थारु समुदायको छ ।

महुवा प्रजातिको रुखको फूललाई प्रशोधन गरी मदिरा बनाउँने प्रचलन थारू समुदायमा रहेको छ । महुवा संकलन गर्न केही गाउँका थारुहरु वनमै बास गर्ने गर्छन् ।

महुवा प्रजातिको रुखको फूललाई प्रशोधन गरी मदिरा बनाउँने प्रचलन थारू समुदायमा रहेको छ । महुवा संकलन गर्न केही गाउँका थारुहरु वनमै बास गर्ने गर्छन् । जति चाँडो वनमा पुग्यो, त्यति धेरै संकलन हुने कारणले कतिपयले वनमै बास गर्छन् । चैत दोस्रो साता यता महुवा संकलनको काम शुरुभएको थारु सदस्यहरुको बुझाई छ ।

कैलालीको गदरिया–६ बेनौलीकी चुल्हिया चौधरी केहिदिन यता पहिलैदेखि बटुल्दै आएको महुवाको बोटको अख्वारी गरिरहनुभएको छ । उहाँ राती नै वनमा जाने गर्नुहुन्छ । घरायसी प्रायोजनको लागि महुवा बटुल्दै आएको भन्दै उहाँले आजकालको प्रमुख काम नै महुवा संकलन रहेको बताउनुभयो ।

Mahuwa1

‘रातको तीन चारबजे नै वनमौ पुग्छौ, हाम्रो कलुवा खाने (विहानको खाना) महुवाको बोट मुनि हुन्छ’,उहाँले भन्नुभयो । आजभोलि महुवा चुहिनेक्रम बढी रहेकाले दिनको आठ बाह्र किलोसम्म संकलन हुनेगरेको उहाँले बताउनुभयो ।

गदरिया–३ लम्बीफाँटाकी फगनी चौधरीको दिनचार्य पनि आजभोलि वनमै बिताउने रहेको छ । एकसातादेखि विहानको खाना लिएरै एकाविहानै बनमा जानेगरेको उहाँले बताउनुभयो ।

फगनी चौधरीले महुवाको रक्सी पिउनमा स्वादिलो रहेकोले पुखौदेखि संकलन गर्दै आएको बताउनुभयो । उहाँको अनुसार वैशाख महिनासम्म संकलनको काम हुन्छ ।

तपाईको प्रतिक्रिया