चित्तवनको विक्रमबाबा मेलामा आजकल पर्यटकको घुइँचो


Bikrambaba

चितवन, वैशाख ८ गते । चितवनको सौराहाका विक्रम चौधरी यहाँका चर्चित विक्रमबाबासँग भाकल गरेपछि जन्मिनुभयो । त्यसैले उहाँको नाम विक्रमबाबा चौधरी रहन गयो ।

विक्रमबाबाकै मन्दिरमा लामो समयसम्म जिउन पाओस् भनेर भाकल गरेपछि जन्मिएकाले उहाँको बुबाको नाम जिएन चौधरी रहनपुग्यो । थारु भाषामा ‘जिएन’ भनेको ‘जिउनु’ हो । “भाकल गरेपछि त्यहीँको नाम राख्नुपर्छ भनेर राखेको”, विक्रमकी आमा सिखनी चौधरी भन्नुहुन्छ – “हाम्रो चलन नै हो, सबैले यस्तै गर्छन् ।”

चितवनको गङ्गानगरका ८० वर्षीय वृद्ध जिएन महतो जन्मनुअघि दुई बच्चा बिते । त्यसपछि परिवारले विक्रमबाबाको पूजा गरेर फर्किएको अर्को वर्ष उहाँको जन्म भयो । त्यसकारण बुबाआमाले आफ्नो नाम जिएन राखिदिएको महतो बताउनुहुन्छ ।

विक्रमबाबासँग लामो समय जिउन पाओस् भनेर भाकल गरेपछि छोरा जन्मिए जिएन र छोरी भए जिएनी नाम राख्ने चलन यहाँका आदिवासी थारुको छ । कुनै पनि बच्चा नभएका बेला बच्चा जन्मियोस् भनेर भाकलपछि जन्मेकालाई भने छोरा भए विक्रम र छोरी भए विक्रमिया नाम राख्ने चलन रहेको गङ्गानगर माविका प्राचार्यसमेत रहनुभएका थारु अगुवा सन्तराम महतो बताउनुहुन्छ ।

आदिवासी थारु समुदायले मान्ने गुरौ (बाबा) को नाम हो विक्रमबाबा । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा सालको फेदमा  विक्रमबाबाको पूजा हुन्छ । सालको रुखको फेदमा माटोको थान बनाइएको छ । काठमा घन्टी र त्रिशूल राखिएको ध्वजापताकाले सजिसजाउ छ र त्यसैमा पूजा हुन्छ ।

आदिवासी थारु समुदायले मान्ने गुरौ (बाबा) को नाम हो विक्रमबाबा । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा सालको फेदमा  विक्रमबाबाको पूजा हुन्छ । सालको रुखको फेदमा माटोको थान बनाइएको छ । काठमा घन्टी र त्रिशूल राखिएको ध्वजापताकाले सजिसजाउ छ र त्यसैमा पूजा हुन्छ ।

चितवनको सदरमुकाम भरतपुरबाट करिब २० किमी दक्षिण पश्चिममा चितवन निकुञ्जको मुख्य कार्यालय कसरा छ । त्यसको आडैमा घडियाल प्रजनन केन्द्रको नजिक लाग्ने एकमात्र र सबैभन्दा लामो समयसम्म चल्ने विक्रमबाबाको मेला अहिले जारी छ । मेला भर्नेहरुका लागि चितवनको भरतपुरबाटै बसको समेत व्यवस्था छ ।

पर्यटकीय महत्वः

आदिवासी थारुहरुको संस्कृतिसँग जोडिएको यो मेला अहिले सबै धर्मावलम्बीको आकर्षण बन्दै गएको छ । हरेक वर्ष धार्मिक पर्यटक बढ्दै आएको मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा जान दर्शनार्थीको सहजताका लागि भरतपुरबाट गाडी र राप्ती नदीमा डुङ्गाको समेत व्यवस्था गरिएको छ ।

परापूर्वकालमा भारतको सोहद्रा भन्ने स्थानमा विक्रमबाबाले सिद्ध प्राप्त गरी अलप हुनुभएको जनविश्वास छ । थारुका गुरु सुख्खड गुरौ र केवल महतोलाई राति सपनामा आएर ‘म जङ्गलमा बस्छु, मसँग मागे हरेक काम पूरा हुन्छ’ भनेपछि सोहद्रा भन्ने स्थानबाट केही माटो ल्याएर हालको चितवन निकुञ्जको जङ्गलमा सालको फेदमा राखिएपछि पूजा हुन थालेको ८० वर्षका वृद्ध जिएन महतो बताउनुहुन्छ । सोहद्रामा पनि यही समयमा मेला लाग्छ ।

Bikram1

जङ्गलमै सिद्ध प्राप्त गरेको र जङ्गलमै बास दिनू भनेर भनेकाले जङ्गलमा पूजा हुन थालेको उहाँको भनाइ छ । यहाँ थारु समुदायमा लामो समय बिरामी भएकालाई निको होस् भनेर पनि भाकल गर्ने चलन छ ।

अर्काथरीका अनुसार चितवनको माडीमा जन्मिएका र बिरामीलाई जडीबुटी र मन्त्रले ठीक पार्ने र सन्तान नभएकालाई सन्तान दिने क्षमता उहाँको थियो । अहिले पूजा हुँदैआएको स्थानमा उहाँको देश त्याग भएकाले सोही क्षेत्रमा पूजागर्न थालिएको हो ।

सुरुमा भाकल गर्न आउँदा परेवा उडाउने चलन छ । भाकल पूरा भएपछि बलिदिने र बलि दिए पनि घर लैजान नहुने चलन रहेको थारु कल्याणकारिणी सभा क्षेत्र नं ५ का सभापति विफल महतो बताउनुहुन्छ । आफूले पनि सन्तान नभएपछि भाकल गर्दा सन्तान भएकाले आफूजस्तै धेरै थारुलाई यसमा विश्वास रहेको उहाँ बताउनुहुन्छ ।

चितवनको माडीमा जन्मिएका र बिरामीलाई जडीबुटी र मन्त्रले ठीक पार्ने र सन्तान नभएकालाई सन्तान दिने क्षमता उहाँको थियो । अहिले पूजा हुँदैआएको स्थानमा उहाँको देश त्याग भएकाले सोही क्षेत्रमा पूजागर्न थालिएको हो ।

आदिवासी थारुको मौलिक परम्परा रहेको विक्रमबाबा पूजा अहिले हरेक जातजातिका लागि समेत रुचिको विषय बनेको छ, मेला व्यवस्थापन समितिका सदस्य रामराज तिवारीले बताउनुभयो । मेला चैतको औँसीबाट सुरु भई पूर्णिमासम्म १५ दिन चल्नेछ । यो पटक चैत २५ देखि सुरुभयो र वैशाख १० गते सम्पन्न हुँदैछ ।

तिवारीकाअनुसार बर्सेनि यहाँ एकलाख बढी भक्तजनले मेला भर्नेगरेका छन् । अघिपछि प्रवेश निषेध रहेको निकुञ्जमा यो मेला भर्ने भक्तजनका लागि १५ दिन प्रवेशमा खुल्ला गर्ने गरिएको छ ।

चितवनको पटिहानी र जगतपुर पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै गइरहेका सन्दर्भमा यो मेलाले आकर्षण थपिदिएको स्थानीयवासी संरक्षणकर्मी अपिल घिमिरे बताउनुहुन्छ ।

केरुङ्गा मध्यवर्ती उपभोतmा समिति जगतपुर र पटिहानी उपभोतmा समितिको संयुतm आयोजनामा पछिल्ला केही दशकदेखि यो पूजालाई मेलाकै रुप दिएर अघि बढाइएको छ ।

जगतपुरस्थित घैलाघारीमा सुरुभएको मेलामा राप्ती नदीमा डुङ्गा सयर, निकुञ्जमा एकसिङ्गे गैँडा, घडियाल गोही तथा अन्य वन्यजन्तुको अवलोकन, सूर्यास्तको दृश्य, थारुहरुको मौलिक खाना तथा संस्कृति मुख्य आकर्षण रहेका छन् ।

तपाईको प्रतिक्रिया