संविधानमा छुटेको विषय संशोधनका लागि सरकार तयार: गच्छदार


DSC06963

विराटनगर, वैशाख १० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले दलको यही वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने प्रथम महाधिवेशनको तयारी सम्बन्धमा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गच्छदारले त्यस्तो बताउनुभयो ।

नेपाली जनता राजनीतिक दलको आन्दोलनबाट वाक्कदिक्क भइसकेको बताउँदै दलबीच संविधानमा भएका असहमति संशोधन गरी समाधान गर्न सरकार सदैव तत्पर छ उहाँले भन्नुभयो ।

नेपाली जनता राजनीतिक दलको आन्दोलनबाट वाक्कदिक्क भइसकेको बताउँदै दलबीच संविधानमा भएका असहमति संशोधन गरी समाधान गर्न सरकार सदैव तत्पर छ उहाँले भन्नुभयो ।

उहाँले लामो अस्थिरतापछि संविधानले निश्चित बाटो कोरेको र अब सबै दलबीच एकापसमा सहमति कायम गरी देशलाई विकासको बाटामा डो¥याउनुपर्नेमा जोड दिनुभयो ।

नेता गच्छदारले लोकतान्त्रिक विधि अपनाई ६५ जिल्लाका दुई हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिँदै दलको नाम परिवर्तन गर्ने सम्बन्धमा गृहकार्य हुने भएपनि अहिलेसम्म सो विषयमा कुनै टुङ्गोमा नपुगिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया