अवको आन्दोलन सिंहदरवार केन्द्रीत हुन्छः नेता अशोक राई


Ashok

पाँचथर, वैशाख १० गते । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेशी मोर्चालगायतको गठबन्धनले गर्ने आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने बताएका छन्।

पाँचथरको फिदिममा बिहीबार पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने र आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने उल्लेख गरेका हुन्।

आन्दोलन सिंहदरबार केन्द्रित हुने र आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने उल्लेख गरेका हुन्। अबको आन्दोलन जनतालाई दुःख दिनेभन्दा पनि उनीहरुसँगै छलफल तथा अन्तक्र्रिया गरेर अगाडि बढाइने उनले बताए।

अबको आन्दोलन जनतालाई दुःख दिनेभन्दा पनि उनीहरुसँगै छलफल तथा अन्तक्र्रिया गरेर अगाडि बढाइने उनले बताए। अहिले सरकारकै कारण आन्दोलन गर्नुपरेको बताउँदै उनले प्रमुख ठूला दल र सरकारले मुलुकलाई सङ्घर्षतर्फ धकेलिरहेको आरोप लगाए।

संघीय गठबन्धनले शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न लागेको गठबन्धनले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया