अख्तियारले गर्यो पत्रकार कनकमणि दिक्षितलाई पक्राउ


kanak1

काठमाडौं, वैशाख १० गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी सम्पत्ति राखेको आरोपमा पाटनस्थित उहाँकै निवासबाट पक्राउ गरेको छ।

दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै शुक्रबार अख्तियारले उहाँलाई पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास पुगेका थिए।

Kanak

दीक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको छ ‘तपाईँ कनकमणि दीक्षितविरूद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले यो पुर्जी लिइ आउने प्रहरी कर्मचारीका साथलागि आउनुहोला। अन्यथा तपाईँलाई निजहरूले नछाडि ल्याउनेछन्।’

यसअघि अख्तियारले उनको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउँदै आएको छ । यसअघि अख्तियारले उनलाई पाँचहजार रुपैयाँ जरिवाना गरेको थियो।

तपाईको प्रतिक्रिया