संघीय गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने


Sanghiye

काठमाडौं, वैशाख १० गते । आदिबासी जनजाति, मधेसी, थारु, मुश्लिम तथा पिछडावर्गको संयुक्त गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने निर्णय गरेको छ । गठबन्धनले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी गराएको हो ।

गठबन्धनले घोषणा गरेको अन्य कार्यक्रममा वैशाख २१ देखि ३१ गतेसम्म सबै जिल्लाको प्रमुख शहरमा विरोधसभा गर्ने निर्णय गरेको छ । गठबन्धनका अन्य विरोधका कार्यक्रममा वैशाख २३ गते विराटनगर, धनगढी, पाँचथर र पोखरामा, २४ गते विरगञ्ज, नेपालगञ्ज र धनकुटा, २५ गते बुटवल, जनकपुर, पाल्पा, इलाम, सुर्खेतमा, २६ गते विर्तामोड, हेटौडा, काभ्रे र २७ गते धरान, राजविराज, दाङ, महोत्तरी, रौतहट र कञ्चनपुरमा विरोध सभा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जेठ १ गतेको सिंहदरवार घेराउ कार्यक्रमलाई प्रभावकारी बनाउन सबै जिल्लाबाट प्रतिनिधिहरुलाई काठमाडौंमा परिचालन गर्ने निर्णय पनि गरेको गठबन्धन दलका नेता मिनराज चौधरीले बताउनुभयो । गठबन्धनमा विभिन्न २७ वटा दलहरुको सहभागिता रहेको छ ।

Press Statment (1)

Press Statment (2)

तपाईको प्रतिक्रिया