बाघको आक्रमणबाट डोटीमा एकजना व्यक्तिको मृत्यु


Tiger

डोटी, वैशाख १३ गते । डोटीमा बाघको आक्रमणबाट थर नखुलेको जगदशी नामको एकजना व्यक्तिको ज्यान गएको छ ।  भारत हिमाञ्चल प्रदेशको काँगडा घर भई हाल दिपायल सिलगढी नगरपालिका–७ कुलपातेमा बस्दै आएका ५५ वर्षीय जगदिशको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

ओक्राकाअनुसार जगदिश भद्रकाली रोजिन एण्ड टर्पेनटाईन कम्पनीका कार्यरत थिए । बाघको आक्रमणबाट ज्यान गुमाएका जगदिशको शब सोमवार बिहान क्षतविक्षत अवस्थामा भेटिएको ओझाले जानकारी दिनुभयो । मृतकको शब पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पताल पुर्या‍इएको छ।

तपाईको प्रतिक्रिया