संविधान कार्यान्वयन विरोधी गतिविधिलाई रोक्नुस्ः गृहमन्त्री बस्नेत


Shakti

बुटवल, वैशाख १३ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि कार्र्यलाई रोक्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वन रहेको भन्दै उहाँले त्यसको विरुद्धमा हुने कुनै पनि कार्यलाई तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देश गर्नुभयो ।

“आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन ।” संविधानको कार्यान्वयनको चरणमा जानु राज्य र सबैको राष्ट्रिय कार्यभार हो ।

बुटवलमा सोमबारदेखि सुरु भएको क्षेत्रीय विशेष सुरक्षा गोष्ठीको उदघाटन गर्दै मन्त्री बस्नेतले मधेसी मोर्चाले तराई मधेसमा फेरि गर्ने भनेको संविधान विरोधी कार्यलाई परिस्थिति हेरेर नियन्त्रण गर्न “संविधान बनेपछिको सुरक्षा अवस्थालाई विशेष ख्याल गनुपर्छ” – गृहमन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले संविधान सहमति र सम्झौताको दस्तावेज भएको बताउँदै संविधानमा कसैको चित्त नबुझेको भए पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो–“आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन ।” संविधानको कार्यान्वयनको चरणमा जानु राज्य र सबैको राष्ट्रिय कार्यभार हो ।

गृहमन्त्रीले आन्तरिक सुरक्षा नीति, सुरक्षा तर्जुमा गठन गरी विशेष सुरक्षा व्यवस्था अपनाइने बताउनुभयो । उक्त गोष्ठीमा लुम्बिनी अञ्चलका छ जिल्लासँगै चितवनका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया