बढी सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर


women

फाइल फोटो

गीता चौधरी
काठमाडौं, वैशाख १६ गते । महिला अधिकारका विषयमा सरोकार राख्ने सरोकारवालाहरुले बढी सन्तान जन्माएर महिलाको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेको बताउनुभएको छ ।

हिंसा प्रभावित महिलाका लागि न्यायमा पहुँच र द्रुत सुनुवाई विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा विहिबार यहाँ बोल्दै सरोकारवालाहरुले त्यस्तो बताउनुभएको हो । कार्यक्रममा महिला हिंसा सम्बन्धी अनुसन्धानमुलक प्रतिवेदन पेश भएपछि सोमाथि महिला अधिकारकर्मीहरुले आआफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव होमबहादुर कार्कीले महिलामाथि भएको समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट हुने सबै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभये ।

प्रहरी डिआइजी रामकुमार खनालले महिला हिंसा अन्त्यकालागि नेपाल प्रहरीले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो । उहाँको अनुसार शुरुमा कैलालीमामात्र महिला हिंसा सम्बन्धी घटना हेर्ने महिला सेल गठन गरिएको भएपनि अहिले विस्तार गरेर देशभरका २ सय ४० वटा महिला सेल गठन गरिएको जानकारी दिनुभयो ।

महिला अधिकारकर्मी डा. रेणुराज भण्डारीद्वारा प्रस्तुत महिला हिंसा सम्बन्धी प्रतिवेदनमा महिलाको समस्या समाधान गर्न बनाइएका कानून आफैमा झन्झिटिलो र फितलो भएको बताउनुभयो ।

महिला अधिकारकर्मी डा. रेणुराज भण्डारीद्वारा प्रस्तुत महिला हिंसा सम्बन्धी प्रतिवेदनमा महिलाको समस्या समाधान गर्न बनाइएका कानून आफैमा झन्झिटिलो र फितलो भएको बताउनुभयो । खर्चका हिसावले पनि बढी समस्या पर्ने खालका कानूनले गर्दा महिला हिंसाको घटना न्यूनिकरण गर्नमा कठिनाई भएको बताउनुभयो ।

राष्ट्रिय महिला अधिकार सरोकार मञ्चका अध्यक्ष भगवती पुडासैनीको सभापतित्वमा भएको कार्यक्रममा महिला अधिकारकर्मी चन्द्रा राई, कुश्मा रायमाझी, नारायणी ओली लगायतले महिला हिंसाको अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने विषयमा धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया