महासंघले शुरुग¥यो ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति अभियान


1

काठमाडौं, वैशाख १७ गते । नेपाल पत्रकार महासंघले ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति प्रदान गर्ने अभियानको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार यहाँ शुभारम्भ गर्नुभएको छ ।

महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री राईले सो अभियानको शुरुवात गर्नुहुँदै महासंघको कदमलाई सराहनीय र प्रसंशनीय भन्नुभयो । उहाँले सरकारको तर्फबाट अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको पहिलो चरणमा १६ जना ज्येष्ठ पत्रकारलाई प्रति महिना एकहजार रुपियाँका दरले एकवर्षको एकमुष्ट बाह्र हजार रुपियाँ र ज्येष्ठ पत्रकार परिचयपत्र प्रदान गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री राईले ज्येष्ठ पत्रकारलाई नगदसहित माला लगाएर सम्मानबृत्ति प्रदान गर्नुभयो । उमेरका हिसावले ६५ वर्ष पूराभएको र नियमित ३० वर्षभन्दा वढी समय पत्रकारितामा समय खर्चेका पत्रारलाई सम्मानबृत्ति प्रदान गर्ने मापदण्ड महासंघले बनाएको  छ ।

सम्मानित हुने ज्येष्ठ पत्रकारमा क्रमशः कृष्णबहादुर पाण्डे, कमल कोइराला, देवेन्द्र गौतम, चक्रपाण्ी नेपाल, नेपालभूषण न्यौपाने, हरि लम्साल, पदमसिंह कार्की, पदमभक्त खरेल, मुरारीप्रसाद गौतम, प्रविण जोशी, बलदेव थापा, धर्मरत्न शाक्य, चेतबहादुर सिंह, गोविन्दसिंह थापा, शंकर मल्ल र ज्ञान उदास रहनुभएको छ ।

सम्मानित हुने ज्येष्ठ पत्रकारमा क्रमशः कृष्णबहादुर पाण्डे, कमल कोइराला, देवेन्द्र गौतम, चक्रपाण्ी नेपाल, नेपालभूषण न्यौपाने, हरि लम्साल, पदमसिंह कार्की, पदमभक्त खरेल, मुरारीप्रसाद गौतम, प्रविण जोशी, बलदेव थापा, धर्मरत्न शाक्य, चेतबहादुर सिंह, गोविन्दसिंह थापा, शंकर मल्ल र ज्ञान उदास रहनुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री राईले आगामी दिनमा सम्मानबृत्ति कार्यक्रममा सरकारले पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । नेपालको समग्र विकासमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेकाले प्रेसको सम्मानमा सरकार कहिले कन्जुस्याई नगर्ने बताउनुभयो । सो अवसरमा उहाँले पत्रकारको नयाँ न्यूनतम पारिश्रमिक चाँडै सार्वजनिक हुने चर्चा गर्नुभयो ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले ज्येष्ठ पत्रकार सम्मानबृत्तिका लागि महासंघको सदस्य हुनैपर्ने अनिवार्य नरहेको बताउनुभयो । पत्रकारिता पेशाबाट मुलुकका लागि योगदान दिएको जोकोही ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति प्रदान गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । सो अभियान महासंघले आन्तरिक कोषबाट सम्मानस्वरुप व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष विष्टले महासंघले यसैवर्ष देखि पत्रकार सन्तति शैक्षिक बृत्ति, विपद् व्यवस्थापन उद्धार तथा राहत कोष र पत्रकार दुर्घटना विमा समेत शुरु गरिएको बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले तिरेको एक प्रतिशत करबापतको रकम पत्रकारकै हितका लागि लगानी गर्ने व्यवस्था सरकारसँग आग्रह गर्नुभयो । सम्मानबृत्ति प्राप्त गर्नुभएका पूर्व सभापति देवेन्द्र गौतमले अभियान सकारात्मक भएकाले सरकारले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो । ज्येष्ठ पत्रकार पदमसिंह कार्कीले सम्मानबृत्तिको अभियान शुरुगरेकोमा महासंघलाई धन्यवाद व्यक्त गर्नुभयो ।

महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले महासंघको समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सम्मानवृत्तिको थालनी गरिएको बताउँदै ज्येष्ठ पत्रकारको नामावली प्राप्त हुने क्रम जारी रहेको जानकारी दिनुभयो । राजधानी बाहिरका ज्येष्ठ पत्रकारलाई जेठ महिनाभित्र थप सम्मान गरिने उहाँले बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्म महासंघमा ४२ जना ज्येष्ठ पत्रकारको नामावली प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया