संसदको दोस्रो अधिवेशन २१ देखि, सुरक्षा व्यवस्था कडा गरिने


ICC

काठमाडौं, वैशाख १८ गते । संसदको दोस्रो अधिवेशन वैशाख २१ देखि शुरु हुँदैछ । संसद भवन नयाँवानेश्वरमा कडा सुरक्षा व्यवस्था अपनाउने तयारी संसद सचिवालयले गरेको छ।

विगतमा संविधान निर्माण प्रक्रियामा दलहरुबीच मतभेद हुँदा सुरक्षा स्थितिमा कमजोरी देखिएपछि त्यसको सुधारमा लागेको सचिवालयले यसपटक संसद भवनमा सुरक्षा व्यवस्था कडा गराउन लागेको जानकारी सभामुख ओनसरी घर्तिमगरले प्रमुख दलका सचेतकहरुलाई दिनुभएको छ ।

आगामी अधिवेशनको सुरुदेखि नै संसद भवनको बैठक कक्षभित्र प्रवेशका लागि एउटा अत्याधुनिक एक्सरे मेसिन राखी सबै सांसदहरुलाई त्यहिबाट भित्र जान दिने तयारी गरेको सचिवालयका तर्फबाट सचेतकहरुलाई जानकारी गराइएको छ ।

आगामी अधिवेशनको सुरुदेखि नै संसद भवनको बैठक कक्षभित्र प्रवेशका लागि एउटा अत्याधुनिक एक्सरे मेसिन राखी सबै सांसदहरुलाई त्यहिबाट भित्र जान दिने तयारी गरेको सचिवालयका तर्फबाट सचेतकहरुलाई जानकारी गराइएको छ ।

एक भन्दाबढी उपकरण जडान तत्कालका लागि कठिन भएको भन्दै बैठककक्षको मुल ढोकामा राखिएको एउटै मेसीनबाट बाहेक अरु ढोकाबाट भित्र प्रवेश नदिए पनि बाहिर निस्कन बैठक कक्षको पश्चिम ढोकाबाट मिल्ने जानकारी गराइएको छ ।

यस विषयमा सभामुखले पार्टीका शीर्ष नेताहरुसँग थप परामर्श गरी टुंगोमा पुग्ने बैठकमा सहभागी एक दलका सचेतकले बताउनुभयो । २०७१ माघ ५ गते राति भएको ध्वंशात्मक घटनाको भोलीपल्ट संसद भवनभित्रै खुर्सानीको धूलोका प्याकेट भेटिएपछि संसद भवन नयाँवानेश्वरको सुरक्षा व्यवस्था थप कडा बनाइएको थियो।

तपाईको प्रतिक्रिया