अधिकारका लागि नेपाल–भारतका थारुले संयुक्त सहकार्य गर्ने


India-Nepal-Tharu-Vela-13

काठमाडौं, वैशाख १८ गते । नेपाल र भारतमा बसोबास गर्ने थारु समुदायले एक अर्काको अधिकार र उत्थानका लागि मिलेर संयुक्तरुपमा सहकार्य गर्ने निर्णय गरेका छन् ।

चित्तवनमा हालै सम्पन्न दुई दिने भेलाले त्यस्तो निर्णय गर्दै नेपालका थारुको अधिकारका लागि भारतीय पक्षबाट सहयोग गर्ने भारतीय थारुहरुले प्रतिवद्धता जनाएका छन् । भारतमा थारुको जनसंख्या कम भएपनि भारतीय सरकारले आरक्षणको व्यवस्था गरिएको तर नेपालमा ठूलो जनसंख्या भएपनि थारुले अधिकारबाट बञ्चित भएको भारतीय थारुले धारणा राख्नुभयो ।

India-Nepal-Tharu-Vela-16

भारतीय राजदूताबासकी कन्सुलर रन्जु रन्जनले भारतीय र नेपालका थारुबीच सदियौंदेखिको सम्बन्ध रहेकाले दुवैले एकअर्काबीच अधिकारका लागि पनि सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । दुवै देशका थारुबीच विवाहबारी चल्ने हुनाले त्यसले सांस्कृतिक तथा भाषिक समानता कायम गरिरहेको बताउनुभयो । भारतले चित्तवनमा थारु संग्रहालय निर्माणका लागि पाँच करोड सहयोग गर्ने घोषणा गरेको छ ।

भारतले चित्तवनमा थारु संग्रहालय निर्माणका लागि पाँच करोड सहयोग गर्ने घोषणा गरेको छ ।

भारतीय ग्रामका राजकिशोर चौधरीले नेपालका थारुहरु आर्थिकरुपले भारतीय थारुभन्दा सबल भएपनि राजनीतिकरुपले पछाडि रहेको बताउनुभयो । हामी भारतमा थोरै संख्यामा थारु छौं, तैपनि भारतीय सरकारले राम्रो आरक्षण गरेको छ, तर नेपालका थारुहरुलाई त्यस्तो गरिएको छैन, दुःखको कुरा हो उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले भारतले मधेसीलाई सहयोग बढी गरेपनि थारुलाई सहयोग गर्न नसकेको बताउनुभयो । मधेसी समुदायजस्तै थारुलाई पनि शिक्षा र रोजगारमा सहयोग गर्न उहाँले राजदूताबासमार्फत भारतसँग आग्रह गर्नुभयो ।

कार्यक्रमले नेपाल भारत थारु सहकार्य संघ गठन गरेको छ । सुरेन्द्र चौधरीको संयोजकत्वमा गठित संघमा महावीर चौधरी, मीनराज चौधरी, इन्दु चौधरी, मदन चौधरी, लक्ष्मी चौधरी, ललित चौधरी, नन्दु सरदार लगायत छन् । संघको सल्लाहकारमा सांसद तेजुलाल चौधरी, गोपाल दहित र पूर्व सांसद कृष्णकुमार चौधरी चयन भएका छन् ।

दुई दिनसम्म चलेको कार्यक्रममा नेपाल भारतका गरी करिब तीनसढ बढीको सहभागिता रहेको थियो । कार्यक्रममा चित्तवनका थारुहरुको लठ्ठी नाच र झाँकी प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया