गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान


Gita

काठमाडौं, वैशाख २१ गते । गोरखापत्र संस्थानको ११६ औं स्थापना दिवस तथा प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा आयोजित राष्ट्र«व्यापी निवन्ध प्रतियोगितामा कैलालीकी लेखिका गीता चौधरी दोस्रो स्थान प्राप्त गर्नुभएको छ ।

गोरखापत्र संस्थानले आयोजना गरेको प्रतियोगितामा चौधरीको यसैगरी हुँदोरहेछ सिर्जना शीर्षकको निवन्ध दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । त्यस्तै, पहिलो स्थानमा चित्तवनकी ज्ञानु अधिकारी र तेस्रो स्थानमा ताप्लेजुङका नेत्रप्रसाद न्यौपाने चयन हुनुभएको छ । चौधरीसहित सबैलाई २३ गते एक विशेष कार्यक्रमकाबीच सम्मानित गरिने संस्थानले जनाएको छ ।

गोरखापत्र संस्थानले आयोजना गरेको प्रतियोगितामा चौधरीको यसैगरी हुँदोरहेछ सिर्जना शीर्षकको निवन्ध दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । त्यस्तै, पहिलो स्थानमा चित्तवनकी ज्ञानु अधिकारी र तेस्रो स्थानमा ताप्लेजुङका नेत्रप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

पुरस्कारको राशी प्रथमलाई नगद पन्ध्रहजार रुपियाँ, दोस्रोलाई नगद १० हजार र तेस्रोलाई पाँचहजार रुपिया र प्रमाणपत्र रहेको छ । संस्थानको मासिक प्रकाशन मधुपर्कका सम्पादक कमलप्रसाद रिजालको संयोजकत्वमा गठित निर्णायक समितिमा वरिष्ठ निवन्धकार डा. माधवप्रसाद पोखरेल र गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ र मधुपर्कका सहसम्पादक तुलसी कोइराला सदस्य हुनुहुन्थ्यो ।

लेखिका तथा पत्रकार गीता चौधरी मातृभाषाका पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्दैआउनुभएको छ । पछिल्लो समय हमार पहुरा डटकम अनलाइनमा कार्यरत चौधरी यसअघि कार्यरत गैह्रसरकारी संस्था व्याकवार्ड सोसाइटी एजुकेश (बेस) मा २०५४ सालको उत्कृष्ट कर्मचारीकोरुपमा सम्मानित हुनुभएको थियो । चौधरी सो संस्थामा नियमित १० वर्ष काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया