थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा

जेठ २ गते थरुहट जिल्लामा आमहडताल


Tharu

गीता चौधरी
काठमाडौं, वैशाख २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय परिचालन समितिले जेठ २ गते आमहडताल सहितको विरोधको कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ ।

विगतमा संघर्ष समितिले सात र १३ बुँदे माग सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई नगरेकाले आन्दोलनको कार्यक्रम पुनः सक्रिय बनाउन बाध्य भएको संघर्ष समितिका सदस्यहरुले बताउनुभएको छ । नौ महिनादेखि निरन्तर आन्दोलनरत रहँदासमेत सरकारले थारुको माग सुनुवाई गर्नमा चासो नदेखाएको आरोप नेताहरुको छ ।

संघर्ष समितिका सदस्य राजकुमार लेखीले थारुले उठाउँदैआएको मागमा सरकार गम्भीर नभएकाले पुनः आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । थारु कल्याणकारीसभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीले मागको सुनुवाई नहुँदासम्म आन्दोलनको कार्यक्रम नरोक्ने बताउनुभयो ।

मंगलबार घोषित विरोधको कार्यक्रममा जेठ २ गते थरुहट क्षेत्रमा आमहडताल गर्ने, जेठ १ गते उपत्यकासहित थरुहट जिल्लामा मशाल जुलुश प्रदर्शन गर्ने रहेको छ ।

मंगलबार घोषित विरोधको कार्यक्रममा जेठ २ गते थरुहट क्षेत्रमा आमहडताल गर्ने, जेठ १ गते उपत्यकासहित थरुहट जिल्लामा मशाल जुलुश प्रदर्शन गर्ने रहेको छ । त्यस्तै, संघर्ष समितिका सदस्य मिनराज चौधरीले दिएको जानकारीअनुसार जेठ १ गते लमही देउखर र कञ्चनपुरको बेलौरीमा विरोधसभा आयोजना हुनेछ ।

त्यस्तै, गत भदौ ७ गते भएको टीकापुर घटनापछि सो क्षेत्रमा करिब कार्यक्रम सेलाएको भएपनि वैशाख ३१ गते पुनः संघर्ष समितिले टीकापुरमा विरोधसभा कार्यक्रम गर्ने घोषणा गरेको छ । सोहीअनुसार ३१ गते चित्तवनको टाँडीमा पनि विरोधसभा गरिने छ । त्यस्तै, ३० गते वर्दियाको राजापुर, २९ गते रुपन्देही र कपिलबस्तुमा विरोधसभा हुनेछ ।

संघर्ष समितिको कार्यक्रमअनुसार वैशाख २८ गते सप्तरी, सिराहा, उदयपुर, २७ गते झापा, मोरङ र सुनसरी, वैशाख २६ गते बारा र पर्सामा, वैशाख २५ गते महोत्तरी, सर्लाही, रौतहटमा विरोधसभा कार्यक्रम गर्ने तयारी गरिएको छ । संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक धनीराम चौधरीले जारी गर्नुभएको विज्ञप्तीमा कार्यक्रमलाई कडारुपमा अगाडि बढाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया