थारु कल्याणकारिणीसभाको केन्द्रीय महिला विभाग गठन


TKS

काठमाडौं, वैशाख २३ गते । थारु महिलाको गतिविधि सक्रिय बनाउन थारु कल्याणकारिणीसभाले यशोदा चौधरीको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय महिला विभाग गठन गरेको छ ।

सभाका सचिवालय सदस्य राजकुमार लेखी तथा धर्मराज चौधरी, केन्द्रीय सदस्य रामलाल चौधरीको रोहबरमा गत मंगलबार विभाग गठन गरिएको सभाले जनाएको छ । विभागको सदस्य सचिवमा गीता चौधरी (कैलाली) चयन हुनुभएको संयोजक चौधरीले बताउनुभयो ।

सभाका सचिवालय सदस्य राजकुमार लेखी तथा धर्मराज चौधरी, केन्द्रीय सदस्य रामलाल चौधरीको रोहबरमा गत मंगलबार विभाग गठन गरिएको सभाले जनाएको छ ।

त्यस्तै विभागका अन्य सदस्यहरुमा उषा खाँ थारु (सप्तरी), सजना चौधरी (चित्तवन), सुशीला चौधरी (कैलाली), पुष्पा चौधरी (सप्तरी), निरमा चौधरी (रौतहट), लक्ष्मी चौधरी (मोरङ), कञ्चन चौधरी (सिराहा) र ललिता चौधरी (सप्तरी) रहनुभएको छ । एकजना सदस्यको मनोनयन हुन बाँकीरहेको सभाले जानकारी गराएको छ ।

विभागको पहिलो बैठकले आदिबासी जनजाति महिला महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ । विभागले थारु महिलाका लागि संविधानमा भएको व्यवस्थाबारे देशव्यापी कार्यक्रम गर्ने, थारु महिला सहकारी गठनको पहल गर्ने, थरुहट थारुवान संघर्ष समितिको कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्ने निर्णय गरेको संयोजक चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया