फरक विधामा योगदान दिएबापत दुई थारु भए सम्मानित


SAM_3937

काठमाडौं, वैशाख २३ गते । छुट्टाछुट्टै विधामा योगदान दिएबापत दुई थारु विशेष कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । पत्रकार गणेश चौधरी उमासिंह पत्रकारिता पुरस्कारबाट गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित हुनुभयो ।

पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा गरेको योगदानको कदरस्वरुप चौधरीलाई नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा चित्तवनको टाँडीमा सम्मानित गरिएको थियो ।

Ganesh

चौधरीलाई नगद दशहजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । चौधरी गत भाद्र ७ गते टीकापुरमा भएको घटनामा जोखिममोली समाचार संकलन तथा प्रकाशन गर्नुभएको थियो ।

त्यस्तै, गोरखापत्र संस्थानको ११६ औं स्थापना दिवस तथा ५४ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कैलालीकै निवन्धकार गीता चौधरी विहिबार विशेष समारोहकाबीच काठमाडौंमा सम्मानित हुनुभएको छ ।

देशव्यापी निबन्ध प्रतियोगितामा चौधरी दोस्रोस्थान ल्याउन सफल हुनुभएको थियो । चौधरीलाई सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नगद १० हजारसहित सम्मानपत्रले सम्मानित गर्नुभयो ।

देशव्यापी निबन्ध प्रतियोगितामा चौधरी दोस्रोस्थान ल्याउन सफल हुनुभएको थियो । चौधरीलाई सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नगद १० हजारसहित सम्मानपत्रले सम्मानित गर्नुभयो ।

गोरखापत्रको हलमा आयोजित कार्यक्रममा निवन्धमा पहिलो स्थान ल्याउन सफल चित्तवनका ज्ञानु अधिकारी र ताप्लेजुङका नेत्रप्रसाद न्यौपाने तेस्रो स्थान ल्याउन सफल हुनुभएको थियो । प्रथमलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद पाँचहजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया