प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विहान प्रभातफेरी


SAM_39641

काठमाडौं, वैशाख २४ गते । प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा सरकारको मूल समारोह समितिले शुक्रबार विहान प्रभातफेरिको आयोजना गरेको छ । इतिहासमा पहिलो पटक पत्रकारले स्थापना दिवस प्राप्त गरेकोमा गौरवान्वित महशुस भएको सरोकारवालाहरुले बताउनुभएको छ ।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म व्यानरसहित ¥यालीको आयोजना गरिएको थियो । सूचना तथा सञ्चारमन्त्रालयका सचिव दिनेशकुमार थपलियाको नेतृत्वमा निकालिएको प्रभातफेरिपछि मण्डलामा कोणसभा गरेर स्थापना दिवस मनाइएको छ ।

नेपालकै पूरानो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई स्मरण गर्दै मन्त्रीपरिषदको गत फागुन १७ गतेको बैठकले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । वि.सं. १९५८ वैशाख २४ गते गोरखापत्रको पहिलो अंक प्रकाशन भएको थियो ।

SAM_3997

कोणसभालाई सम्बोधन गर्नुहुँदै उद्योग एवं कार्यबाहक सूचना तथा सञ्चारमन्त्री सोमनाथ पाण्डेले सधैं अरुको दिवसमा समाचार लेख्ने पत्रकारलाई आफ्नै पत्रकारिता दिवसले गौरवान्वित तुल्याएको बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन पूरा भएकोले अब आर्थिक समृद्धिकालागि नेपाली प्रेसलाई कलम चलाउन मन्त्री पाण्डेले आग्रह गर्नुभयो ।

नयाँ संविधानले प्रेस स्वतन्त्रतासहित सबै वर्ग र समुदायको अधिकार सुनिश्चित् गरेकाले त्यसको कार्यान्वयनका लागि एक भएर लाग्न आग्रह गर्दै मन्त्री पाण्डेले पत्रकारलाई मर्यादित, जिम्मेवार र व्यवसायीक पत्रकारिता गर्न आग्रह गर्नुभयो । सरकारले पत्रकारको न्यूनतम पारिश्रमिकको समेत निर्णय गरिसकेकाले अव कार्यान्वयनमा जोड दिन उहाँले सबैमा आग्रह गर्नुभयो ।

SAM_4004

सूचना मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विहिबार मन्त्रीपरिषदले गरेको न्यूनतम पारिश्रमिकबारेको निर्णय हरहालतमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनुभयो । पत्रकारको उचित ज्यालाको निर्णयसँगै पत्रकार पनि पेशाप्रति मर्यादित हुनुपर्ने उहाँले बताउनुभयो । पत्रकारको सानो त्रुटीले समाजमा ठूलो समस्या पार्ने गरेकाले पेशालाई निश्पक्ष, मर्यादित, सन्तुलित र जिम्मेवार बनाउन उहाँले पत्रकारसँग आग्रह गर्नुभयो ।

सूचना विभागका महानिर्देशक रघुराम विष्टले पत्रकारिता क्षेत्र आफैमा जिम्मेवार र संवेदनशील पेशा भएकाले पत्रकारलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । नेपाली पत्रकारकालागि प्रथम पटक स्थापना दिवस कायम भएकोमा खुशी व्यक्त गर्दै उहाँले सबैमा दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

सूचना मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विहिबार मन्त्रीपरिषदले गरेको न्यूनतम पारिश्रमिकबारेको निर्णय हरहालतमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुले पूर्ण प्रेस स्वतन्त्रता संविधानमा उल्लेख भएपनि व्यवहारमा कार्यान्वयन नरहेको बताउनुभयो । पत्रकारको भौतिक तथा पेशागत सुरक्षामा अझै चुनौति रहेकाले पत्रकार स्वयमले पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक १९ हजार पाँचसय तोक्ने काम गरेकाले त्यसको कार्यान्वयनमा सबै जिम्मेवार हुन सबैमा आग्रह गर्नुभयो ।

सूचना विभाग, प्रेस काउन्सिल नेपाल तथा नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सूचना विभागका कर्मचारीहरु, नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु, प्रेस काउन्सिल नेपालका कर्मचारी, सञ्चार सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया