टीकापुर घटना थारुले घटाएका हैनन, षडयन्त्र गरेर घटाइयो


SAM_4081

काठमाडौं, वैशाख २५ गते । नेकपा (एमाले) कैलाली काठमाडौं सम्पर्कमञ्चले शनिबार यहाँ नयाँवर्ष २०७३ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा वक्ताले टीकापुरको घटना थारुले नभई षडयन्त्रकारीले घटाएको बताउनुभयो ।

मञ्चले गरेको कार्यक्रममा कैलाली क्षेत्र नं २ का सांसद तथा व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौर, अनेरास्ववियुका केन्द्रीय सदस्य भूपेन्द्र शाहलाई सम्मान गरेको छ । एमाले केन्द्रीय सदस्य तथा सेती अञ्चल सहइन्चार्ज गरिमा शाहले उहाँहरुलाई खादा तथा टीका लगाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्दै सहइन्चार्ज तथा सांसद शाहले पार्टीमा विकृतिहरु रहेपनि त्यसलाई चिर्दै पार्टी एकतामा लाग्न मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई निर्देश गर्नुभयो । कैलालीमा केही तत्वहरुले थारु र पहाडियाबीच सद्भाव भडकाउने प्रयासमा लागेपनि त्यो सफल नभएको भन्दै उहाँले थारु पहाडीबीच सदियौंदेखिको सद्भाव र एकता रहेको बताउनुभयो । पार्टी बलियो भएमात्र अन्य चुनौतिको सामना गर्न सकिन्छ भन्नुहुँदै उहाँले सबै वर्गको हितकालागि पार्टी एक भएर लाग्न आवश्यक रहेको तर्क गर्नुभयो ।

सांसद तथा सुशासन समितिका सभापति मोहनसिंह राठौरले पार्टीभित्रको गुटगत समस्यालाई अन्त्यगरी पार्टीलाई एक बनाएर लगेमात्र पार्टी र देशको हितहुने बताउनुभयो । सुशासन कायम गर्नमा पार्टी पंक्तिले अग्रणी भूमिका खेल्न आवश्यक रहेको भन्नुहुँदै उहाँले सबै वर्ग, समुदाय र क्षेत्रको समान सहभागीताले मात्र पार्टी बलियो हुने तर्क गर्नुभयो ।

SAM_4074

पार्टीका कैलाली इन्चार्ज झपट रावलले कसैलाई काखा र पाखा गर्न नहुने बताउनुभयो । कैलालीका थारु समुदायलाई विशेष सुविधा र सम्मान गर्नसकेमात्र कैलालीमा देखिएको पछिल्लो तिक्तताको अन्त्यहुने चर्चा गर्नुभयो । पार्टीभित्र गुटगत राजनीति हावी भएपनि त्यसको न्यूनिकरणमा युवाहरुले नै लाग्न आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले सम्पर्क मञ्चलाई बलियो बनाएर कामकाज प्रभावकारी गर्न आग्रह गर्नुभयो । पार्टीका केही आन्तरिक समस्या भएपनि त्यसको अन्त्यकालागि सबैको सामुहिक प्रयासको खाँचो उहाँले औल्याउनुभयो ।

मञ्चका अध्यक्ष प्रदीप सोवको सभापतित्वमा भएको कार्यक्रममा उत्पीडित मुक्ति समाजका महासचिव गणेश विक, सांसद रवनी चौधरी, मञ्चका सल्लाहकार लक्की चौधरी, नेता केशर साउँद, सुरत खत्री, भुपेन्द्र शाह, खड्गबहादुर अधिकारी लगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा मञ्चले प्रकाशन गरेको ०७३ सालको भित्तेपात्रोको प्रमुख अतिथि शाहले लोकार्पण गर्नुभयो ।

तपाईको प्रतिक्रिया