हरुवा चरवाले शुरुगरे सामुहिक तरकारी खेती


Tarkari

सप्तरी, वैशाख २७ गते । पुस्तौसम्म बिना ज्यालामा मालिकको खेत जोतीरहेका सीराहा मधुपटटीका हरुवा चरुवाहरु भाडामा जग्गा लिएर सामुहिक खेती गर्न थालेका छन् । सप्तरीको मधुपटट्ी १ मा रहेको आठ कठठ जग्गा भाडामा लिएर उनीहरु तरकारी खेती गर्न थालेका हुन् ।

मधुपटट्ी ६ र ७ मा रहेका हरुवा चरवाहरु समुह निर्माण गरी बचत परिचालन समेत गरी स्थानिय समस्या स्थानिय रुपमै समाधान गर्न लागिपरेका छन् । हरुवाचरवा अधिकार मञ्चको नाममा क्रियाशील तिनीहरु काम पनि सामुहिकरुपमा गरिरहेका छन् ।

नेपाल सरकारले कमैया र हलिया मुक्त घोषणा गरेपनि समान प्रकृतिको अन्यायपूर्ण श्रम सम्बन्ध यहाँ अहिले पनि कायम छ । हरुवाचरवा सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेका मञ्चले नै उनिहरुलाई सामुहिक तरकारी खेतीका लागि उत्प्रेरित गरेको हो ।

आठ कठठ जग्गा बार्षिक ६ हजारमा भाडामा लिई २०७२ सालदेखि सुरु गरिएको सामुहिक तरकारी खेतीमा १६ घरधुरी संलग्न रहेका छन् । जेनेभा ग्लोबलको आर्थिक सहयोगमा प्रारभ्म गरिएको हरवाचरवा सशक्तिकरण कार्यक्रमले समुदायको ब्यबहार परिवर्तन र आर्थिक शसक्तिकरणका लागि सहयोग गरेको जेनेभा ग्लोबलका हरिप्रसाद जोशीले बताए ।

हाललाई मल, बिउ र बोरींग समेत सहयोग गरिहेको भएपनि भबिष्यमा सो समुदयालाई नै हस्तान्तरण गर्ने जोशीले प्रष्ट पार्नुभयो । सामुहीक खेतीमा संलग्न मधुपटट्ी ७ का दुखन रामले सामुहिक खेतीबाट आफुले यो सिजनमामात्र सातधुर जग्गामा ७ क्युन्टल काउली उत्त्पादन गरेको बताए ।

आफुलाई अप्ठेरो पर्दा ऋृण लिनुपर्ने र सो ऋृणको ब्याज मासीकरुपमा पाँच प्रतिशत तिर्नु पर्ने अवस्थालाई थोरै भएपनि सामुहिक तरकारी खेतीले कम गरेको केवली रामले बताईन् । तरकारी बेची आएको पैसाले आफ्नो दैनीक गुजारामा सहयोग भैरहेको उनको कथन थियो ।

हाल उक्त जग्गामा प्याजको खेती गरिएको उनले बताए । उत्पादीत तरकारी आफुले उपभोग गर्ने र बजारमा लगी बेच्ने गरेको उनको भनाई  छ ।

मधुपटट्ी ७ कै झेमेली रामले यसबर्ष ७ हजारको काउली बेचेको बताए । बर्षभरी पुग्ने गरी तरकारीका लागि सुकाएर राखेको उनले बताए । उनले भने, यसबाट आएको आम्दानी समेतको सहगोगले नातीलाई विद्यालय पढाउन सजिलो भएको छ ।

यसप्रकारको कामले हामीलाई प्रयास गरे सकिन्छ भन्ने बिश्वास जागेको उनले बताए । हामीलाई सहयोग गर्नेहरुले जग्गाको क्षेत्रफल बढाई सहयोग गरे ब्यबसायीक रुपमै तरकारी खेती गरी दीगो जिबिकोपार्जन हुने उनको भनाई थियो ।

आफुलाई अप्ठेरो पर्दा ऋृण लिनुपर्ने र सो ऋृणको ब्याज मासीकरुपमा पाँच प्रतिशत तिर्नु पर्ने अवस्थालाई थोरै भएपनि सामुहिक तरकारी खेतीले कम गरेको केवली रामले बताईन् । तरकारी बेची आएको पैसाले आफ्नो दैनीक गुजारामा सहयोग भैरहेको उनको कथन थियो ।

सो जिल्लामा मात्र २६ हजार हरवाचरवा रहेको र उनिहरु आजपनि बाँधा मजदुरको रुपमा काम गरीरहेका छन् । हरुवा चरवा अधिकारकर्मी गणेश रामकाअनुसार हरवाचरवाहरु ९७ प्रतिशत दलित समुदायका छन् ।

तपाईको प्रतिक्रिया